१४ कार्तिक २०८३, शनिबार

आईजीपी विवाद नयाँ मोडमा, अर्का दावेदार पनि निस्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाल प्रहरीका दोस्रो वरियताका नायव महानिरीक्षक (डीआईजी) प्रकाश अर्यालले पनि सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।

सर्वोच्च अदालतले डीआईजीद्वय जयबहादुर चन्द र नवराज सिलवालको मात्र कार्य मूल्यांकनको फाइल मगाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गर्न लागेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ । उनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने अधिवक्ता सुवास लामिछानेले जानकारी दिए ।

डीआईजी अर्यालले आइतबार नै रिट दायर गर्ने तयारी गरेका थिए । तर सम्भव हुन नसकेको लामिछानेले बताए ।

आईजीपी नियुक्ति विवादमा सर्वोच्चमा परेको रिटको सुनुवाईका क्रममा सर्वोच्चले चन्द र सिलवालको मात्र फाइल मगाएको थियो ।