६ मंसिर २०८३, आइतबार

स्थानीय निर्वाचनः एमाले मत्रपत्रमा दोस्रो नम्बरमा, चुनाव चिन्ह सूर्य

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतपत्रमा राजनीतिक दलको ‘पोजिशन’ र चुनाव चिन्हको क्रम निर्धारण गरेको छ ।

आयोगद्धारा आइतबार सार्वजनिक क्रम निर्धारण सूचीमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । उसको चुनाव चिन्ह रुख रहेको छ ।

त्यसैगरी नेकपा (एमाले) दोस्रो नम्बरमा परेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिन्ह क्रम निर्धारण गर्दा एमाले दोस्रो नम्बरमा परेको हो । एमालेको चुनाव चिन्ह सूर्य छ ।

त्यसैगरी तेस्रो नम्बर नेकपा माओवादी केन्द्र र चौथोमा राप्रपा छ । उसले गाई चिन्ह पाएको छ ।

यता निर्वाचन आयोगले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने २६ राजनीतिक दललाई पुरानै चुनाव चिन्ह दिने भएको छ ।