६ मंसिर २०८३, आइतबार

एमाले प्रदेश नम्बर ७ को बैठकः सुदूरपश्चिममा झण्डै १० हजारलाई पार्टी सदस्यता प्रदान

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

धनगढी, ६ चैत । नेकपा एमाले प्रदेश नम्बर ७ को तेस्रो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

शनिबार बसेको बैठकले मेची महाकाली अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुका साथै कञ्चनपुरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोलीबाट मृत्यु भएका शहिद गोविन्द गौतमको घटनाप्रति भत्र्सना गरेको आईतबार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो ।

एमाले कार्यालय सचिव दिनेशचन्द्र सुवेदीद्धारा हस्ताक्षरित विज्ञप्तीमा बैठकले दार्चुलामा ७६०, अछाममा ६६५, बझांगमा ८७५, डोटीमा १ हजार ३६५, बाजुरामा १ हजार ३२४, डडेल्धुरामा १०४ र कैलालीमा ४ हजार ३९० जनालाई नयाँ पार्टी सदस्यता अनुमोदन गरेको जनाईएको छ ।

बैठक प्रदेश नम्बर ७ का संयोजक भीम रावलको अध्यक्षतामा धनगढीको चटकपुरमा रहेको प्रदेश नम्बर ७ को पार्टी कार्यालयमा भएको थियो ।