६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री र अर्थमन्त्रीले आर्थिक अपराध गरे : एमाले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री कृष्णबहादुर महराको आलोचना गर्दै गम्भीर आर्थिक अपराध गरेको आरोप लगाएको छ ।

संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहालले गम्भीर आर्थिक अनुशासनहीन काम गरेको बताए । उनले भने, ‘आर्थिक अनशासनहीन हुने गरेर कुनै पनि कार्य गर्न पाइँदैन । चालु रहेका कार्यक्रमको बजेट रकमान्तर गर्नु देश बर्वाद बनाउनु हो । यो सरकारलाई रकमान्तर गर्ने अधिकार छैन ।’

सांसद पाण्डेले भने, ‘यो सरकारलाई बजेट र नयाँ योजना चहिएको भए आफैले पूरक बजेट ल्याउने पर्ने थियो । यस्तो कार्यले देशको विकास हुँदैन । प्रधानमन्त्री दाहालले कार्यकर्ता पोस्ने कार्य गरेकाले त्यो कार्य तत्काल रोक्नु पर्छ ।’

एमाले सांसद पाण्डेले एनसेललाई आयकर छुट दिन खोजेर गम्भीर आर्थिक अपराध गरिहेको बताए । उनले भने, ‘एनसेल प्रकरणमा अर्थमन्त्री कृष्णबहादुर महरा मुछिएका छन् । नेपाली जनताले तिरेको करबाट एनसेललाई जथाभावी छुट दिन सकिँदैन ।’

माओवादी केन्द्रका सांसद उमेशकुमार यादव फागुन २३ गते सप्तरीमा भएको घटनामा निर्दोश जनताको मृत्यु भएको भन्दै त्यसको जिम्मेवारी एमाले र सरकारले लिनुपर्ने बताए । उनले भने, ‘एमालेको घमण्डले सप्तरी घटना भयो’, उनले भने, ‘त्यहाँ मारिएका सबै सर्वसाधारण हुन् । सरकारले ती जनाका विषयमा जवाफ दिनुपर्छ ।’