काठमाडौं, ६ चैत । सदभावना पार्टीको राष्ट्रीय कार्य सम्पादन समितिको बैठकले सरकारद्वारा गठित नयाँ गाउँ र नगरपालिका मान्य नहुने निर्णय गरेको छ ।
समसमायिक राजनितीक र सदभावना पार्टीको आसन्न छैठौं महाअधिवेसलाई लिएर बोलाईएको संसदिय समिती र सबै जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रीय कार्य सम्पादन समितिको बैठकले सरकारद्वारा गठित नयाँ गाउँ र नगरपालिका मान्य नहुने निर्णय गरेको छ ।
जेष्ठ १, २ र ३ गते तोकिएको पार्टीको छैठौं महाअधिवेसको निम्ती गाउँ, नगर वार्ड र नगर अधिवेशन पुरानै गाउँ बिकास समिती, नगर वार्ड र नगरपालिका कै आधारमा गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी गराए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनसंख्यको आधारमा नभएसम्म सरकारद्वारा गठित नयाँ गाउँ र नगरपालिका नमान्ने भन्दै आएको छ ।











प्रतिक्रिया