चन्द्रौटा, ६ चैत । कपिलवस्तुको चन्द्रौटास्थित हिमपात कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रगत दान गरेका छन् ।
“रक्तदान जीवनदान” भन्ने मूल नारासहित रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सहकारीले रक्तदान कार्यक्रम गरेको हो ।
सहकारीको प्रारम्भिक साधारण सभाको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको सहकारीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए । हामीले दिएको रक्तदानले जोकोहीको पनि जीवनदान मिल्ने विश्वासले पहिलो पटक यस किसिमको पुण्य कार्यको शुरुवात गरिएको सुवेदीले बताए ।
रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजिवी, समाजसेवी, ब्यापारी, शिक्षक, विद्यार्थी, मानवअधिकारकर्मी, संचारकर्मी लगायतका रक्तदाताहरुले रगत दान गरेका थिए । यसैगरी सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गणका सशस्त्र प्रहरीले समेत रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको प्राविधिक सहयोग रहेको थियो । रगत संकलनका लागि रेडक्रस बुटवलका सभापति प्रेमलाल उदास, प्राविधिक वारिस खान सहितको उपस्थिति रहेको थियो । सहकारीले रक्तदाताहरुलाई प्रारम्भिक साधारण सभाको खुला सत्रमा प्रमाण पत्र वितरण गरेको थियो ।













प्रतिक्रिया