१४ कार्तिक २०८३, शनिबार

कार्यकर्ता रिझाउन प्रधानमन्त्रीले ७३ करोड सरकारी रकम बाँडे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पमकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएका छन् ।

प्रधानमन्त्रीको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जानौँ खुद्रे तथा टुक्रे कार्यक्रम बनाएर चितवनमा ७२ करोड ७१ लाख रुपैयाँ थप बजेट पठाइएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

स्थानीय विकास मनत्रालयका एक अधिकारीका अनुसार यो रकममध्ये २६ करोड रुपैयाँ रकमान्तर गरेर थप बजेट नै उपलब्ध गराइएको छ।

बाँकी सबै बजेट काम गरेपछि भुक्तानी दिने व्यवस्था अनुरुप पठाइएको हो ।