काठमाडौं, ४ चैत । गत फागुन २७ गते नेपाली भूमिमै प्रवेश गरेर भारतीय एसएसबीले नेपालीमाथि गोली चलाए । कञ्चनपुरको पुनर्वास नगरपालिका भित्रको खोलामा स्थानीय उपभोक्ता समितिले कल्भर्ट निर्माण गरिरहेकोमा भारतीय पक्षले रोक्न खोजेपछि नेपालीले प्रतिवाद गरेका थिए ।
नेपाली भूमि उपभोग गर्न पाउनुपर्ने भन्दै विरोधमा उत्रेका नेपालीमाथि एसएसबीले चलाएको गोलीले एक होनाहार युवा गोविन्द गौतमको ज्यान गयो ।
सार्वभौम सत्ता सम्पन्न देशका नागरिकमाथि अर्को देशका प्रहरीले गोली चलाएर ज्यान लिदा समेत कुनै नेताहरु त्यहाँसम्म नपुगेकोमा व्यापक विरोध भयो । सरकारले पनि घटनाप्रति खासै चाँसो लिएन ।
सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै १० लाख रुपैयाँ राहत दिने भनेको छ । तर, सो राहात कहिले पाउने भन्ने ठेगान छैन । समयमै राहात पाएको भए सहिद परिवारलाई काजकृया गर्न सहज हुने थियो ।
सरकारको समेत राहात नपुगेको अवस्थामा मेची–महाकाली राष्ट्रिय अभियानमा रहेको नेकपा एमालेले सहिद परिवारलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । गौतमका छोरीका लागि ल्यापटप दिएको छ । तर, यो सहयोगी कामलाई नदेख्ने आँखाहरु पनि प्रशस्तै छन् । पीडितलाई सहयोग गर्दा पनि विरोध नाममा विरोध गर्ने काम भएको छ ।
तिललाई पहाड बनाउने प्रवृति
सहिद परिवारलाई भेट्ने मनसाय बनाएका एमाले अध्यक्ष ओली निर्धारित कार्यक्रममा आएको फेरबदलका कारण सहिद परिवारको घरमा पुग्न पाएनन् । यद्यपी, एमालेकै केन्द्रीय नेताको नेतृत्वमा नेता तथा कार्यकर्ताको टोलीले भने सहिद परिवारको घरमा पुगेर सान्त्वना दिने काम गरेको छ । जसको अगुवाई एमाले प्रचार विभाग उप–प्रमुख सुर्य थापाले गरेका थिए । त्यहाँको यथार्तलाई पार्टीमा रिपोर्टिङ गर्ने काम भएको छ ।
जसमा सञ्चारकर्मीहरुको पनि सहभागिता रहेका थियो । तर, पार्टी अध्यक्ष ओलीले सहिद परिवारलाई नभेटेको विषयलाई लिएर व्यापक प्रचारबाजी भइरहेको छ । यहाँ सानो कुरालाई ठूलो र ठूलो कुरालाई लुकाउने काम भएको छ । तिललाई पहाड, पहाडलाई तिल बनाउने काम भयो । सानो कुरालाई उठाएर ठूलो कुरालाई दबाउने प्रयत्न भयो ।
एमालेले सहिद परिवारलाई सरकारको मुखमा सहयोग गर्ने आँट गरेको छ । खै सरकारले समस्यामा परेका सहिद परिवारलाई तत्काल सहयोग गरेको छ ? त्यो आँट सरकारले पनि गर्नुपर्छ । बरु एमालेबाट सरकार र अन्य पाटीले पनि सिक्नुपर्छ । राम्रो कामलाई किन राम्रो नभन्ने ?
पीडामा परेको बेला सहयोग गरेको कुराले बढी अर्थ राख्छ । राष्ट्रियताप्रति खरो उत्रेका नेता ओलीले त्यो कुरालाई मध्येनजर गरेका छन् । तर, पनि विरोधी भावना भएकाहरुले सहयोग गरेको कुरालाई पनि देख्न सकेनन् । यसरी अन्य पाटीले पनि सहयोग गरेर देखावस् । सहयोग गरिएको कुरालाई पनि भयो भन्न त सकिन्छ नि । किन सकिएन ?
राहत वितरण र सान्त्वना दिनु राष्ट्रियता होइन ?
मेची-महाकाली अभियानका क्रममा कञ्चनपुर पुगेका एमाले अध्यक्ष ओलीको सहिद गौतमको परिवारलाई भेट्ने मनसाय भएपनि जान सकेनन् । ओलीको सहिद परिवारलाई भेट्ने इच्छा भएपनि भेट्ने कार्यक्रम निश्चित नभएकै अवस्था मिडियामा आलीले सहिद गौतमको परिवारलाई भेट्ने भन्ने आसयको समाचार प्रकाशन प्रसारण गर्ने हतारो भएको पक्कै हो ।
ओलीको चाहना हुँदाहुँदै पनि परिवार भेट्ने कार्यक्रम नबन्नु भनेको ढाँट्नु वा झुक्याउनु होइन् । त्यो भन्दा ठूलो कुरा राहात वितरण भएको छ । सान्त्वना दिने काम भएको छ । अघिल्लै दिन राहात वितरण गरिएको अवस्थामा अध्यक्ष आलीले गौतमको परिवारलाई भेटेर दिने भनेको पनि सान्त्वना नै हो ।
भारतले माफी माग्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने अडान
एमाले अध्यक्ष ओलीले गौतमको हत्या भारतीय सीमा सुरक्षाबलले गरेकाले भारतले माफी माग्नु पर्ने बताउँदै आएका छन् । घटना घटेदेखि नै ओलीले भारतीय अस्तक्षेपको कडा शब्दमा विरोध गर्दै आएका छन् ।
उनले मेची-महाकाली अभियानका समापनका क्रममा पनि नेपाली भूमिमाथि हातहतियार सहित प्रवेश गरेर निर्दोष नेपाली युवाको हत्या गर्ने भारतीय पक्षको विरोध गरेका छन् । ओली भारतीय पक्षको अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरितको क्रियाकलापको सशक्त प्रतिवाद गर्दै उक्त क्रियाकलाप्रति भारत पक्षलाई क्षमायाचना गराउन र क्षतिपूर्ति दिलाउनुको साटो वर्तमान सरकार बिषयलाई अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप समेत लगाएका छन् ।
साथै यस गम्भीर बिषयमा कुटनीतिक माध्यमबाट गंभीर वार्ता गरी भारत पक्षलाई क्षमायाचना गर्न, पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिलाउन तथा अब उप्रान्त यस्ता घटना नघट्ने कुराको प्रत्याभूति गराउन सरकारसमक्ष जोडदार माग समेत अध्यक्ष ओलीले गरेका छन् ।
यो पनि पढ्नुस्ः



















प्रतिक्रिया