अमेरिका । अमेरिकामा एक नेपाली बालकले चमात्कारिक कार्य गरेका छन् ।
मे २ र ३ मा अमेरिकाको टेक्सास राज्यको ‘कलेज स्टेसन’ शहरमा टेक्सास राज्य स्तरीय ‘साइन्स ओलम्पियाड’ को आयोजना भएको थियो। स्कूल, आइ. एस. डी. हुँदै क्षेत्रीय प्रतिस्पर्धामा बिजयी हुँदै आएका सहभागीहरुबीच यो कम्पिटिसनको आयोजना भएको हो। टेक्सास राज्यमा प्राइभेट, पब्लिक, चार्टर गरि ८००० भन्दा बढी स्कूल बाट छनौटमा परेका १२० टिमहरु यस प्रतियोगितामा सहभागी थिए।
कोपेल आइ. एस. डी. अन्तर्गत ‘कोपेल मिडल स्कूल वेस्ट’ का कक्षा ६ मा अध्यनरत ११ बर्षिय बिश्रुत भट्टराईले ‘टेक्सास साइन्स ओलम्पियाड’ अन्तर्गत भएको क्षेत्रीय प्रतियोगितामा आफ्नै कक्षा का साथी Jacob Chappel संग मिलेर बनाएको ‘व्हिल्ड भेइकल’ नामक (इन्जिन बिना नै कुद्ने गाडी) यन्त्र दोश्रो स्थान प्राप्त गर्न सफल थियो। त्यसैका आधारमा उनीहरु टेक्सास राज्य स्तरीय ‘साइन्स ओलम्पियाड’ मा सहभागी भए।
बिश्रुत तथा जेकब ले बनाएको भेइकल मा ५ वटा पाङ्ग्राहरु छन। जसमा अघिल्लो एउटा पाङ्ग्राले पावर स्टोरेज गर्छ, बिचका २ पाङ्ग्राले ब्रेक लगाउन र पछिल्लो २ पाङ्ग्राले सिधा लाइनमा कुदाउन भूमिका निभाउछन। रबर ब्याण्डले गियर लाई ट्वीस्ट गरेर पावर जेनेरेट गरि व्हील लाई धकेली भेइकल अगाडी बढ्न मदत गर्छ।
बिश्रुत तथा जेकब तोकिएको ९.५ मीटर सम्म सिधा लाइनमा यस भेइकल गुडाउन सफल भएका थिए। ९.५ मीटर मा अटोमेटिक ब्रेक लगेर रोकिने गरि बनाएको यो भेइकल आफूले चाहे अनुसार बिना इन्जिन नै जति पनि कुदाउन सकिने बताउछन बिश्रुत।
बिश्रुत तथा जेकोब को प्रस्तुति ले आफुहरु लाई निकै गौरवान्वित बनाएको बताइन कार्यक्रम मा सहभागी MSI (Math Science Investigation) ‘कोपेल मिडल स्कूल वेस्ट’ शिक्षक Beth Marlow र Jessica Nicholay ले। राज्य स्तरीय १२० स्कूलहरु को यस प्रतियोगिता १४ औ स्थानमा परेकोमा निकै खुशी ब्यक्त गरेका छन् बिश्रुत ले आफ्नो फेसबुक मार्फत।
कार्यक्रममा दर्शकका रुपमा सहभागी बिश्रुत का पिता विजयराज भट्टराईले आफू २००३ मा इञ्जिनियरिङ्ग क्याम्पस, पुल्चोक, नेपालमा ‘प्रथम अन्तरास्ट्रिय प्राबिधिक महोत्सब’ को आयोजक तथा २००४ भारतको IIT मुम्बई मा ‘सार्क प्राबिधिक महोत्सब’ मा सहभागी भएको स्मरण गर्दै त्यसबेला को कलेज स्तरीय प्रतिस्पर्दा भन्दा अहिले स्कूलका बच्चाहरु ‘क्रिएसन’ अझ उच्च पाएको अनुभव सुनाए ।
बिश्रुत भट्टराई टेक्सास, कोपेल निवासी विजयराज भट्टराई तथा सबिता सुबेदीका छोरा हुन। ३ बर्षको उमेरमा उनी अमेरिका आएका हुन्।
भिडियो हेर्नुहोस:














प्रतिक्रिया