२० कार्तिक २०८३, शुक्रबार

गुल्मीमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, ४ चैत । आगामी बैशाख ३१ गते हुने निर्वाचनलाई मध्यनजर राखेर बिभिन्न पार्टीले निर्वाचन मुखि कार्याक्रमहरु गर्न थालेका छन् । स्थानीय निर्वाचनलाई मध्यनजर राखेर नेकपा एमाले इस्मा गाउँ पालिका वडा नम्बर १ को छल्दी टारा स्याला रातचौर सामाचौरको निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

शुक्रवार छल्दीमा सम्पन्न वडा भेलाले दान बहादुर जिसी को संयोजकत्वमा ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालन कमिटिीले आगामी निर्वाचनको लागी टोलटोलमा नेकपा एमालेको अभियान सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा इस्मागाउँ पालिका निर्वाचन परिचालन कमिटी उपसचिव टीका रेस्मी र सचिवालय सदस्य राम मल्ल ठकुरीको बिशेष उपस्थिति रहेकोे थियो ।