सर्लाही, ४ चैत । नेकपा (एमाले) की सांसद दुलारी देवी सवारी दुर्घटनामा परि घाइते भएकी छन् ।
विहिबार दिउँसो सर्लाहीबाट मोटरसाइकलमा भारत जाने क्रममा भारतको सीतामढी जिल्लास्थित रामनगर भन्ने स्थानमा उनी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मोटरसाइकल चालकको भने घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल पछाडी सवार सांसद दुलारीको दाहिने खुट्टामा चोट लागेको र उनलाई हिजो राति नै उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौं पुर्याइएको छ ।
एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तका अनुसार काठमाडौंमा उपचाररत सांसद दुलारीको अवस्था खतरामुक्त छ ।
घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयको एक टोली भारतको सीतामढी गएको छ ।















प्रतिक्रिया