
– मीना बुढाथोकी
सल्यान, ४ चैत । सल्यान जिल्लामा ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते एकजनाको उपचारको क्रममा ज्यान गएको छ ।
रुकुम मुरु गाविस २ का १९ वर्षीय भीमबहादुर सिर्पाइलीको मेडिकल कलेज कोहलपुरमा शुक्रबार बिहान ३ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
शुक्रबार राति सल्यान खलंगाबाट श्रीनगर जाँदै गरेको रा १ त १८८९ नम्बरको ट्याक्टर खलंगा नजिकै दुर्घटना भएको थियो ।
ट्याक्टरका चालक सल्यान शारदा नगरपालिका वडा नं. २ का २७ वर्षीय हरि नेपालीको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो ।












प्रतिक्रिया