३ कार्तिक २०८३, मंगलबार

दोखलामा ६८ घरधुरीलाई तेस्रो किस्ता बितरण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । भूकम्पबाट अति प्रभावित मध्येको दोलखा जिल्लामा सरकारी मापदण्ड र प्रक्रिया पुरा गरि भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरिरहेका ६७ घरधुरीले तेस्रो किस्ताको आवास अनुदान रकम समेत प्राप्त गर्न सफल भएका छन् ।

भूकम्प अति प्रभावित १४ जिल्लामा कतिपय घरधुरीले पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घरको पुनर्निर्माण शुरु नगरेको गुनासो आइरहेका बेला दोखलामा भने पुनर्निर्माण प्रक्रियाले तिव्रता पाएको हो ।

जिल्लामा दोस्रो किस्ता लिएका २ सय ५८ घरधुरी मध्ये सरकारी मापदण्ड र प्रक्रिया पुरा गरेर घर बनाइरहेका ६७ घरधुरीलाई तेस्रो किस्ता वापतको एक लाख रुपैया समेत बितरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

तेस्रो किस्ता लिएर घर बनाउनेहरुमा जिल्लाका क्षेत्रपा, जुनगु, काभ्रे र नाम्दु गाविसका बासिन्दा छन् । तेस्रो किस्ताको थप एक लाख रुपैया लिएका उनीहरुले घरको पुनर्निर्माणको प्रक्रियालाई अन्तिम चरणमा पु-याएका छन् ।

सरकारले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता ५० हजार रुपैया लिएर घरको जग हाल्नेलाई दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता वापत एक लाख रुपैया आवास निर्माणका लागी अनुदान दिइरहेको छ ।

प्राधिकरणले पहिलो किस्ता लिएर घरको जग हालिसकेका परिवारलाई प्राविधिक निरीक्षण गराई दोस्रो किस्ताको अनुदान लिन आह्वान गरिसकेको छ ।

प्राधिकरणले दोस्रो किस्ता वापतको रकम जिल्ला पठाइसकेपनि लाभग्राहीहरुले उक्त रकम लिन आवश्यक प्रक्रिया पुरा गरेका छैनन ।