१ कार्तिक २०८३, आइतबार

अभियान अन्तिम चरणमा पुग्दै गर्दा बामदेव गौतमले खोले ‘राज’

94.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ३ चैत । एमालेका अध्यक्ष केपी ओलीले भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा एमाले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

कैलालीको धनगढीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले भाषा, भूगोल वा जातिका नाममा हुने कुनै पनि प्रकारका विखण्डनलाई स्वीकार नगर्ने बताए ।

देशलाई अगाडि बढ्न नदिने तत्वहरूले जनतालाई एमालेको कार्यक्रममा आउन छेकबार लगाउने कोसिस गरेको उनले आरोप लगाए ।

‘निर्वाचन र संविधान संशोधनको कुनै सम्बन्ध छैन । संशोधन पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको सिलसिला हो । मिलेर बसेका समुदालाई विभाजित गर्ने षड्यन्त्रलाई सफल हुन दिन्नौँ’, ओलीले भने ।

एमालेका उपाध्यक्ष बामदेव गौतमले नेपाललाई घुँडा टेकाउनका लागि थोपरिएको नाकाबन्दीको सामना गरेर नेपाली जनताले राष्ट्रभक्ति देखाइसकेको बताए । उनले भने, ‘त्यस्तो बेलामा नाकाबन्दी गराउन भूमिका निर्वाह गरेका मधेसी दलका नेता कार्यकर्तालाई स्थानीय बासिन्दाले दशगजाबाट लखेटेको हामीले बिर्सेका छैनौं ।’

उपाध्यक्ष गौतमले भने, ‘एमालेको कार्यक्रम विथोल्नका लागि रक्सी र अरु लठ्ठ पार्ने पदार्थ खुवाएर ससाना मानिसहरूलाई हाम्रो सभामा पठाइयो । आफैँ मानिस मराउँछन्, अनि दोष हामीलाई दिन खोज्छन् । तर, त्यसबाट हाम्रो होइन, उनीहरूकै बदनाम भइरहेको छ ।’

‘हिन्दी भाषालाई सरकारी काममाजको भाषा बनाउने प्रस्तावलाई कुन चाहिँ नेपालीले स्वीकार गर्न सक्छ ?’, गौतमले भने, ‘सरकारले यस्तो प्रस्ताव ल्याएको छ । यसबाट यो सरकार कसको सरकार हो भन्ने प्रस्ट भएन र ?’