काठमाडौं, ३ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रकाश ज्वालाले स्थानीय तहको निर्वाचनको तयारीको लागि आफ्नो पार्टी मेची–महाकाली अभियानमा होमिएको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा निर्वाचनको बारेमा ज्वालाले भने, ‘निर्वाचन गराउने विषयमा हाम्रो पार्टीले सरकारलाई जस्तोसुकै सहयोग गर्छ, हामी अब संविधान संशोधनमा सहमति हुनै सक्दैनौं, कानुन बनिसकेका छन्, मिति घोषणा भईसकेको छ, यस्तो स्थितिमा किन सरकार डराउने ? सकेसम्म सबैलाई मिलाएर अघि जाने हो, यदि लोकतन्त्रमा निर्वाचनदेखि भाग्नेहरू छन् भने, भाग्न दिनुको विकल्प के हुन्छ र ?’
स्थानीय जनप्रतिनिधि विहिनको अवस्थामा भष्टाचार मौलाएको भन्दै घोषित मितिमा निर्वाचन हुँदा जनताको अधिकार सुरक्षित हुनेमा नेता ज्वालाले विश्वास दिलाए ।
‘एनसेलले पूँजीगत लाभ कर तिर्नुपर्छ’
संसदको अर्थसमितिका सभापति समेत रहेका ज्वालाले पूँजीगत लाभ लिन पाउने र कर तिर्न नपर्ने भनेर सरकारले गरेको मौखिक निर्णय गलत भएको भन्दै एनसेल कम्पनीले राज्यलाई कर तिर्नुपर्ने बताए ।
केहिदिन अघिमात्रै सरकारले एनसेलले कर तिर्न नपर्ने भनेर गरेको मौखिक निर्णयको सन्दर्भमा संसदको अर्भसमितिले किटानी जाहेरी गरिसकेको भन्दै ज्वालाले कर नतिरेसम्म कम्पनीले कुनैपनि काम–कार्य अघि बढाउन नमिल्ने बताए ।











प्रतिक्रिया