२० कार्तिक २०८३, शुक्रबार

सिरहामा हात खुट्टा बाँधेर यूवतीको सामुहिक बलात्कार, दुई पक्राउ

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

सिरहा, ३ चैत । एक यूवतीलाई हात खुट्टा बाँधेर सामुहिक बलात्कार गरेको आरोपमा दुई यूवक सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका ११ पडरियाका वर्ष २२ का सरोज साह र वर्ष २१ का कमलेश साह छन् ।

पीडित किशोरी परिवारको लिखित उजुरीको आधारमा आरोपीहरुलाई प्रहरीले छिमेकीको घरबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले बताए । उनका अनुसार अनुसार आरोपीहरुलाई खोजतलास गर्ने घरमा छिमेकीको घरमा लुकीछिपी बसिरहेको भेटिएको थियो ।

किशोरीको परिवारले इलाका प्रहरी कार्यालय लहानमा मंगलबार लिखित उजुरी दिएपछि तत्काल किशोरीको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा मंगलबार अपराह्न स्वास्थ्य परीक्षण गराइएको थियो । त्यसपछि आरोपीहरुलाई पक्राउ गरियो ।

पक्राउ परेका दुबै जनामाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाउँदै म्याद थपका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।