बारा, ३ चैत । नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ को प्रथम वडा अधिवेशनको तयारी पुरा भएको छ ।
चैत ५ गते हुने अधिबेसनलाई भब्य बनाउन आज सम्पन्न भेलाले मञ्च, खाद्य, प्रचार प्रसार, आथिक उपसमिति गठन गरेर कामलाइ तिब्रता दिएको छ । आज सम्पन्न भेलालाई सम्बोधन गदै नेकपा एमाले केन्द्रिय युवा तथा खेलकुद बिभागका सदस्य किशोर शर्माले एमाले नै जनताको हितमा काम गर्ने पार्टी रहेको दाबि गर्नुभयो ।
त्यसैगरी एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जिल्लाको बिकासका लागि अब हुने निर्वाचनमा एमालेले जित्नु आवश्यक रहेको दाबी गर्नुभयो । त्यसैगरी एमाले बाराका सहकारी तथा गरीबि निवारण बिभाग प्रमुख कृष्ण पौडेलले स्थानिय निर्वाचनको ताजा जनादेश एमालेको पक्षमा आउने दाबि गर्नुभयो ।
राजकुमार अर्यालको सभापतित्वमा सम्पन्न भेलामा नगर कमिटी सदस्य नारायण दत्त अधिकारी लगायतले बोल्नु भएको थियो ।












प्रतिक्रिया