३० आश्विन २०८३, शुक्रबार

‘दलालले अर्बौ कमाउँछन, कामदार ठगिन्‍छन्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neकाठमाडौं, ९ असोज । मलेसियामा नेपाली कामदारका अनेकौं समस्या छन्। कामदार अवैधानिक हुनुको मुख्य कारण कम्पनी परिवर्तन हो। अधिकांश कामदार कम्पनी परिवर्तन गर्छन् तर उनीहरूसँग राहदानी हुँदैन।

राहदानी रोजगारदाताले नै राख्ने गरेका छन्। सुरुमा म्यानपावर कम्पनीले पठाएको कम्पनीमा काम धेरै गर्नुपर्ने तर त्यसअनुसार तलब र ओभरटाइम नपाउने भएकाले कम्पनी परिवर्तन गर्ने क्रम बढेको हो।

आठ घन्टाको काम भनेर १२ घन्टासम्म लगाउने, शनिबार र आइतबार काम लगाउँदा अतिरिक्त पैसा नदिएको कामदारको गुनासो रहेको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। अन्तर्राष्ट्रिय नियमअनुसार कामबाट छाडेपछि रोजगारदाताले राहदानी फिर्ता दिनुपर्ने हो।

त्यहाँको गृह र वाणिज्य मन्त्रालयलाई राहदानी फिर्ता दिन दूतावासले धेरैपटक चिठी लेखेको छ। कतिपय अवस्थामा नेपाली कामदारले पनि अराजक गतिविधि गरेका छन्। केही समयअघि एक कम्पनीमा आगो लगाएको घटनाप्रति मलेसियाका रोजगारदाता बढी नै सर्तक भएका छन्।

अवैधानिक कामदारको समस्या धेरै छ। खाना राम्रो हुँदैन। यसका कारण विभिन्न रोग लाग्ने गरेको छ। २५ वर्षअघि मलेसियाले क्षयरोग नियन्त्रण गरे पनि जेलमा बस्ने नेपालीलाई क्षयरोग लागेको पाइएको छ। रोग लागेपछि अस्पतालमा गएर उपचार गर्ने पैसा हुँदैन।

इमर्जेन्सीमा गएका बिरामीको शुल्क तिर्न अस्पतालबाट दूतावासमा फोन आउने गरेको छ। तर हामीसँग अस्पताललाई तिर्ने पैसा हुँदैन। कसैको मिर्गौला बिग्रिएको हुन्छ। त्यसको पैसा निकै लाग्छ। तर हामी पैसा तिर्दैनौं।