३० आश्विन २०८३, शुक्रबार

रोजेको चिकित्सकसँग निजी खर्चमा उपचार गराउनू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CK Raut Chorकाठमाडौं, ८ असोज । सर्वोच्च अदालतले राष्ट्रिय अखण्डताविरोधी अभियानमा लागेका सप्तरीका सीके राउतलाई छाड्न माग गर्दै दायर बन्दिप्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

न्यायाधीशद्वय सुशीला कार्की र गोविन्द उपाध्यायको इजलासले विशेष अदालत काठमाडौंबाट म्याद थप भएको र वैद्यता पनि सोही अदालतबाट हुने भन्दै बन्दिप्रत्यक्षीकरण रिट खारेज गरेको हो ।

सर्वोच्चले निवेदकले चिकित्सकबाट उपचारको माग गरेको हकमा निजी खर्चमा उनले रोजेको चिकित्सक तथा अस्पतालमा उपचारको व्यवस्था गराउन सरकारको नाममा आदेश गरेको छ ।

मोरङको रंगेलीमा एउटा सभाबाट फर्कने क्रममा १० दिनअघि स१च १५४ नम्बरको कारमा रहेका राउतलाई प्रहरीले पक्राउ गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा लगाइएको छ ।