२९ आश्विन २०८३, बिहिबार

काँग्रेसमा को–को परे कारबाहीमा, कसलाई माफी ? (नामावलीसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौं, ८ असोज । नेपाली काँग्रेसले संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको कारबाही गरेका १८३ जनाकै सूची सार्वजनिक गरेको छ ।

काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीबाट जारी सूचना अनुसार, कांग्रेस केन्द्रीय अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाही गरेको छ । केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्याय संयोजकत्वको ५ सदस्यीय समितिले पार्टीको झन्डै सात दशक लामो इतिहासमा पहिलो पटक केन्द्रीय सदस्य, सभासद, पूर्वमन्त्री, पूर्व जिल्ला सभापति, क्षेत्रिय सभापतिका साथै महासमिति सदस्यलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य एवमं संसदीय समितिका सदस्य कोइराला, सभासद गणेशप्रसाद विमली, पूर्वमन्त्री सुशीला स्वाँर, पूर्वराज्यमन्त्री सुशीलमान शेरचन, पर्शुराम पोखरेल, पूर्व जिल्ला सभापति बिदुर बस्नेत लगायत परेका छन् ।

विस्तृत सूची यस्तो छ:

संविधानसभा सदस्य निर्वाचन २०७० मा पार्टी अनुशासन उल्लंघन गरेको भनी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति समक्ष देहायका व्यक्तिहरुका विरुद्ध दायर हुन आएका उजुरी उपर केन्द्रीय अनुशासन समितिले फैसला गरी नेपाली कांग्रेसको नियमावली, २०६८ को नियम ४४(१) बमोजिम सो को जानकारी केन्द्रीय कार्यसमिति समक्ष गराएको छ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट गरिएको फैसलाको सार संक्षेप नेपाली कांग्रेसको नियमावली, २०६८ को नियम ४५(३) बमोजिम सम्बन्धित व्यक्तिको जानकारीको लागि प्रकाशित गरिएको छ । साथै, केन्द्रीय अनुशासन समितिले गरेको फैसलामा चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यसमिति समक्ष नियमावलीको नियम ४५(२) बमोजिम पुनरावेदन गर्न समेत सम्बन्धि सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति समक्ष देहायका व्यक्तिहरुका विरुद्धमा पर्न आएका उजुरीका सम्वन्धमा केन्द्रीय अनुशासन समितिवाट गरिएको फैसलाको
सार संक्षेप

जिल्ला क्षेत्र नं. फैसला कैफियत
१.  ताप्लेजुङ

क्षेत्र नं. १ केशवप्रसाद दाहाल, डम्वरवहादुर (डि.वि.) राइ उजुरी खारेज ।

१ गिता सेन्दाङ्ग नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (क) वमोजिम सचेत गराईएको ।
२ दिपेन्द्रकुमार सेन्दाङ्ग र दिनेश ओझा उजुरी खारेज ।
२ नविन कुमार वालुङ्ग नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (क) वमोजिम सचेत गराइएको ।

२. पाँचथर

क्षेत्र नं. १ कृष्णकुमारी खतिवडा उजुरी खारेज ।

३. झापा

क्षेत्र नं. ६ रोहीत कुमार साह, फुलवती राजवंशी यस उजुरी खारेज

४. तेह्रथुम

क्षेत्र नं. १ गणेशप्रसाद विमली वहाल रहेको पदीय दायित्व अनुसारको पार्टीको काम, कारवाही गर्न नपाउने गरी नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (घ) वमोजिम पार्टीको क्षेत्रीय तहको पदमा एक वर्षसम्म उम्मेदवार वन्न नपाउने ।

अर्जुन मावुहाङ्ग, लेखध्वज तुम्वाहाम्फे, विजय सम्वाहाम्फे, कमल वानिया, नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (क) वमोजिम पार्टी सदस्यता स्वतः समाप्त भएकोले पार्टी अभिलेखवाट नाम हटाउने ।

५. धनकुटा

क्षेत्र नं. २ अन्जना ताम्ली उजुरी खारेज ।

२ कमोट फागो नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) वमोजिम पाँच वर्षसम्मका लागि पार्टी सदस्यता स्वतः समाप्त भएकोले पार्टी अभिलेखवाट नाम हटाउने ।

६. मोरङ

क्षेत्र नं. १  सुजाता कोइराला, केशव दुलाल, याम प्रसाद कोइराला, विशाल कुमार गौतम, श्याम नारायण मण्डल, मोहन इङ्गनाम, रमानाथ भट्टराई, टिकाधारी साहु, अव्दुल रहिम र रामप्रसाद ढुंगाना नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ख) वमोजिम वहाल रहेको पदीय दायित्व र जिम्मेवारी अनुसारको पार्टीको काम कारवाही गर्नवाट तीन महिनाका लागि प्रतिवन्ध लगाउने निर्णय गरिएको ।

१ फुलवती देवी गोढी नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (घ) वमोजिम पार्टीको क्षेत्रीय तहको पदमा एक वर्षसम्मका लागि उम्मेदवार वन्न नपाउने निर्णय गरिएको ।

१ नागेश्वर प्रसाद सिंह उजुरी खारेज ।

८ शिव थापा, जर्नाधन वास्तोला (भरत), सुभाष पौडयाल, लोकप्रसाद संग्रौला, दिपक भगत उजुरी खारेज ।

८ रमेशजंग रायमाझी उजुरी खारेज ।

७. सुनसरी

क्षेत्र नं. १ मिन विश्वकर्मा, मिना सुव्वा उजुरी खारेज ।

३ हरि सापकोटा, मो. हाजी अव्दुल मिया, सत्यनारायण गच्छदार, मेहदी हुसेन, ओम थापा, कालिप्रसाद चौधरी, हिरालाल चौधरी, विश्वनाथ चौधरी, सम्पतलाल चौधरी, गौरी शंकर रौनियार, तुलाराम माझी उजुरी खारेज ।

५ श्याम सुन्दर सिंह, अयुव अन्सारी, नइम मन्सुरी, सुनिलप्रसाद पोखरेल, हरि गोविन्द यादव उजुरी खारेज ।

६ वुद्धिवहादुर कटुवाल, दिपेन्द्र के.सी., डिल्ली कार्की, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(क) वमोजिम सचेत गराइएको ।

८. सोलुखुम्बु

१ आङ्गगेलु शेर्पा उजुरी खारेज ।

९. खोटाङ

क्षेत्र नं. १ सर्वधन राई, सुभाष कुमार पोखरेल, शान्ति राई, जनक कुमार कार्की, राजन दाहाल, श्याम कुमार राई, मुक्ति तिमिल्सीना, रामप्रसाद आचार्य, पेशल राई, जसराज राई उजुरी खारेज ।

२ विष्णुराज राई नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) वमोजिम पाँच वर्षसम्मका लागि पार्टी सदस्यता स्वतः समाप्त भएकोले पार्टी अभिलेखवाट नाम हटाउने ।

२ शिवकुमार वस्नेत, महेन्द्रकुमार कटुवाल, देवी राई, शरणकुमार राई, देवेन्द्र वस्नेत, खेमवहादुर खड्का, देवराज वस्नेत, दिनेश राई, निरेश राई उजुरी खारेज ।

१०. उदयपुर

क्षेत्र नं. १ विदुर कुमार वस्नेत र केशव वस्नेत नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ङ) वमोजिम एकवर्षका लागि पार्टी सदस्यतावाट निस्काशित गरिएको ।
वसन्त कुमार वस्नेत वहाल रहेको पदीय दायित्व अनुसारको पार्टीको काम, कारवाही गर्न नपाउने गरी नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (घ) वमोजिम पार्टीको क्षेत्रीय तहको पदमा एक वर्षसम्म उम्मेदवार वन्न नपाउने ।

११. सप्तरी

क्षेत्र नं. २ वद्रीनारायण महात्मान यादव, अरुणकुमार मण्डल, रामलखन मण्डल, सनतकुमार मण्डल नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(क) वमोजिम सचेत गराइएको ।

२ रंजीत कर्ण उजुरी खारेज ।

३ रामकुमार यादव, शम्भुलाल देव, समिरकुमार झा, अजित कुमार (पप्पु) मिश्र नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(क) वमोजिम सचेत गराइएको ।

१२. सिरहा

क्षेत्र नं. ३ उपेन्द्रकुमार यादव उजुरी खारेज ।

३ सुरेशचन्द्र दास नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(क) वमोजिम सचेत गराइएको ।

४ सितादेवी यादव, नरेशकुमार यादव उजुरी खारेज ।

५ अरुणकुमार सिंह, राजकपुर यादव, मोतीलाल श्रेष्ठ, मंजु खाँण, पंचलाल महतो उजुरी खारेज ।

१३. रामेछाप

क्षेत्र नं. १ पूर्ण वहादुर तामाङ्ग उजुरी खारेज ।

१४. सिन्धुली

क्षेत्र नं. १ प्रेमचन्द्र दाहाल, गंगा दाहाल, मोहन कार्की, लालवहादुर थापा उजुरी खारेज ।

१ विनोदकुमार गुरुङ्ग, तोरण वहादुर दाहाल नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(क) वमोजिम सचेत गराइएको ।

१५. धनुषा

क्षेत्र नं. १ सरस्वती चौधरी, शिवधारी यादव, राजेश्वर गोइत, राजकुमार साह, सुधिर गोइत उजुरी खारेज ।

४ लिला कोइराला, वजरंगप्रसाद साह (पूर्व मेयर),, वजरंग प्रसाद साह (क्षेत्रीय सचिव), रामदेव पंजीयार, किशोरी साह, राजेश्वर नेपाल, राम साह, वैद्यनाथ साह, केवल शर्मा, राम सोगारत साह, विजय चौधरी, श्रीनारायण साह, जोगेन्द्र साह, गौरीप्रसाद साह, प्रमेश्वर साह, संजयप्रसाद साह, दिनेश साह, मो. अम्वर । उजुरी खारेज ।

५ योगेन्द्र पंजियार, सन्तोष यादव, ललितनारायण झा, शिव शंकर यादव, उजुरी खारेज ।

६ रामउदय यादव, सूर्यनारायण यादव, रामवावु यादव, उजुरकर्तावाट उजुरी फिर्ता लिएको ।

७ रामनरेश महतो उजुरी खारेज ।

७ उमेश साह, उत्तीमलाल यादव, रामदेव महतो, राजेन्द्रप्रसाद ठाकुर, वुधेश्वर महतो, राजेन्द्रप्रसाद रानयादव, गुद्धर यादव, पूर्णवहादुर वाँनिया, श्रीराम यादव, मोहन महतो, रामाशीष महतो, रामलखन साह, देवनाथ महतो, पुस्कर राय, वृज भुषण झा, महादेव महतो, राम दयाल महतो, महेन्द्र यादव, गंगाप्रसाद महतो, शिवशंकर गुप्ता, राजकिशोर महतो, योगेन्द्र प्रसाद सिंह, अशेश्वर महतो, रामएकवाल मतहतो, धर्मनाथ महतो, अशोक चौधरी, संजय सिंह, रामऔतार यादव, सुरेश सिंह, सञ्जीव लामा, विष्णु यादव, लक्ष्मिनारायण मण्डल, राजाराम यादव, राजलाल महतो, अशोक ठाकुर, रामधनी महतो, विजेन्द्र सिंह, सरिता शर्मा घिमिरे, लक्ष्मी महतो, रामप्रसाद सिंह नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ख) वमोजिम वहाल रहेको पदीय दायित्व र जिम्मेवारी अनुसारको काम कारवाही गर्न नपाउने गरी ५ (पाँच) महिनासम्म प्रतिवन्ध लगाइएको ।

१६. महोत्तरी

क्षेत्र नं. १ श्यामकुमार घिमिरे उजुरी खारेज ।

३ रामशंकर मिश्र नेपाली कांग्रेसको नियमावलीको नियम ४१ (१) वमोजिम पाँच वर्षसम्मका लागि पार्टी सदस्यता स्वतः समाप्त भएकोले पार्टी अभिलेखवाट नाम हटाउने ।

३ दिलिप चौधरी, मनोज मिश्र, विकास मिश्र नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४२ (८) वमोजिम गरिएको निलम्वनको कारवाही सदर गरिएको ।

३ हरिशंकर मिश्र, जयकुमार चौधरी, कामेश्वर पाण्डे, श्याम सुन्दर प्रसाद साह, मुरलीप्रसाद सिंह, पवन साह, महामायाँदेवी, रामकिशोर यादव, अन्जनी प्रसाद सिंह, खुर्सेद आलम, विमलकुमार सिंह, नवोनाथ ठाकुर, डा. गरिवदास ठाकुर नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(ख) वमोजिम वहाल रहेको पदीय दायित्व अनुसारको काम कारवाही गर्नका लागि तीनमहिनासम्म प्रतिवन्ध लगाइएको ।

४ कविकान्त झा, सूर्यदेव झा, कामेश्वर दुवे, सुरेन्द्रप्रसाद सिंह, रामकिशोर सिंह, रामश्रेष्ठ महासेठ, विजयप्रकाश नारायण सिंह, रुपनारायण साह, रामसिकिन साह, उजुरी खारेज ।

४ विरजु महतो, राघवेन्द्रप्रसाद सिंह नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) वमोजिम स्वतः पार्टी सदस्यता समाप्त भएकोले नीजहरुको नाम पार्टी अभिलेखवाट हटाउने ।

१७. सर्लाही

क्षेत्र नं. १ प्रमोद वराल, लक्ष्मेश्वर पंजियार, रामप्रताप साह, कृष्णप्रसाद दाहाल, उजुरी खारेज ।

क्षेत्र नं. १ शम्भुलाल श्रेष्ठ, शिव वैद्य, योग्यनारायण चौधरी, रामशरण महतो,

क्षेत्र नं. २ उदयनारायण चौधरी,

क्षेत्र नं. ३ रामचन्द्र महतो,

क्षेत्र नं. ४ मेघाकान्त झा, रामछविला साह, विनोद साह, सियाराम राय,

क्षेत्र नं. ५ रामविश्वास राय,

क्षेत्र नं. ६ विरेन्द्र प्रसाद साह, कौशल किशोर सिंह, कनककुमारी सिंह, राजेश्वर प्रसाद सिंह, हरिनन्दन प्रसाद यादव, रामनाथ कुशवाह, सुकृत साह, अरुण साह, हरिनारायण साह, देवी सिंह, रामलाल महतो, कृष्णदेव प्रसाद कुशवाह, गंगालाल महतो, सत्य नारायण महतो, नागेन्द्र महतो, शिवशंकर महतो, योग नारायण महतो, सत्यान्द्र झा, राजकिशोर राय, हेमन्त गुप्ता, चुलाई साह, नेवालाल महतो, वावुविश्व मोहन सिंह, भरत सिंह, राजकिशोर सिंह, जितेन्द्रप्रसाद सिंह, केदार नन्दन चौधरी, वरिष्ठनारायण चौधरी, रामजनम राय, शिवचन्द्र चौधरी, हरेन्द्र तिवारी, राजाराम सिंह, हरिशंकर साह, नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (क) वमोजिम स्वतः पार्टी सदस्यता समाप्त भएकोले नीजहरुको नाम पार्टी अभिलेखवाट हटाउने ।

१८. रसुवा

वालचन्द्र पौडेल, थुप्तेन लोप्साङ्ग लामा, उपेन्द्र लम्शाल, साङतेम्वा तामाङ्ग उजुरी खारेज ।
लामाकार्पु तामाङ्ग उजुरी खारेज ।

१९. काठमाडौं

क्षेत्र नं. ३ परशुराम पोखरेल नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ङ) वमोजिम एकवर्षसम्मका लागि पार्टीको सदस्यतावाट निस्कासित गरिएको ।

२०. काभ्रे

क्षेत्र नं. २ मधुप्रसाद आचार्य, तीर्थ वहादुर पसखल, कमला थापा, उद्धवप्रसाद कोइराला, शंकर मिजार नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (क) वमोजिम सचेत गराइएको ।

२ शिवप्रसाद हुमागाई उजुरी खारेज ।

२ माधव थापा, मोहन के.सी., सुभाषचन्द्र थापा, जानुका भट्टराई, दिपेन्द्र प्याकुरेल, गणेश वहादुर ग्वावा, जिल्ला निर्वाचन समिक्षा वैठकको २०७०÷८÷१७ गतेको वैठकको निर्णयवाट गरिएको कारवाहीको सिफारिस वदर गरिएको ।

२१. सिन्धुपाल्चोक

क्षेत्र नं. २-३ मोहन वहादुर वस्नेत, राजेन्द्रमान ताल्चाभडेल, कृष्णप्रसाद न्यौपाने, जंगवहादुर लामा, श्रीलामा, रामकृष्ण राजभण्डारी, नवराज सापकोटा, रामप्रसाद न्यौपाने, तेज वहादुर वानिया । उजुरी खारेज ।

२ गजेन्द्र थापा, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (क) वमोजिर्म एक पटकका लागि सचेत गराइएको ।

२२. मकवानपुर

क्षेत्र नं. २ माइकल रामचन्द्र अर्याल, लक्ष्मी लामा, हेमकुमारी ढकाल नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (क) वमोजिम सचेत गराउने ।
विष्णुप्रसाद दाहाल, कृष्णभक्त श्रेष्ठ, नरेन्द्र मिश्र, भीम लामा, उदयमोहन श्रेष्ठ, जुलुमदेवी वलामी, कृष्ण सुवेदी, उजुरी खारेज ।
४ महालक्ष्मी ऊपाध्याय (डिना), वुद्ध लामा, भरत पराजुली, विदुर थापा, शंकर न्यौपाने, माधव उप्रेती उजुरी खारेज ।

२३. रौतहट

धर्मेन्द्र पासवान, शेख रसिद अलि (लाल वावु), सरस्वती गिरी, रामश्रेष्ठ प्रसाद साह, ओमप्रकाश, उजुरी खारेज ।
४ रामवरिष्ठ राय, रामकिशोर सहनी, योगेन्द्र साह, शे. ढागा, सुखाडी राय, जितेन्द्र महतो, उजुरी खारेज ।
४ अव्दुल कलाम आजाद नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (क) वमोजिम सचेत गराइएको ।
६ उद्धव ढकाल, सरस्वती गिरी, अनन्त कोइराला, रामचन्द्र चौधरी, अजय साह, लक्ष्मी वराल, गिता भारती, रामसिनिहि राउत, जगतनारायण कुँवर, अधिक लाल चौधरी, देवनारायण साह, दिनदयाल पटेल, उजुरी खारेज ।
६ रामआज्ञा प्रसाद यादव उजुरी खारेज ।

२४. बारा

क्षेत्र नं. ४ लोकेश सिंह, विजय गुप्ता, रसुल अन्सारी, उजुरी खारेज ।
५ रामप्रसाद चौधरी, तुलसीप्रसाद चौधरी, जय प्रकाश यादव, शैलेन्द्र फौजदार, युवराज मैनाली, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(ख) वमोजिम वहाल रहेको पदीय दायित्व अनुसारको पार्टीको काम कारवाही गर्नका लागि तीनमहिनासम्म प्रतिवन्ध लगाइएको ।
५ श्याम लामा उजुरी खारेज ।
६ मधु शाही ठकुरी उजुरी खारेज ।

२५. पर्सा

क्षेत्र नं. ३ राजेश्वर साह, वृजकिशोर पटेल, वहाल रहेको पार्टीको पदीय जिम्मेवारी र दायित्व अनुसारको काम कारवाही गर्न नपाउने गरी नियमावलीको नियम ४४ (१) (घ) वमोजिम पार्टीको क्षेत्रीय तहको पदमा एक वर्षसम्मका लागि उम्मेदवार वन्न नपाउने निर्णय गरिएको ।

३ विर वहादुर यादव, काशी प्रसाद यादव, शंकर राउत अहिर, प्रमोद साह, वच्चा साह तेली, चन्द्रिका साह, सिकन्दर प्रसाद कुर्मी, राधेश्याम यादव, पुनीलाल साह, हरिन्द्र साह, मथुरा महतो, पहवारी यादव, मनेजर तिवारी, सूर्य राउत, राजदेव दास तात्वा, विगु साह, गैरी साह, रामराज चौधरी, हरिनारायण दास, सजन साह कलवार, भरत साह, महन्थ यादव, प्रमोद यादव, अशोक रौनियार नियमावलीको नियम ४४ (१) (ख) वमोजिम वहाल रहेको पार्टीको पदीय जिम्मेवारी र दायित्व अनुसारको काम कारवाही गर्न नपाउने गरी छ महिनाका लागि प्रतिवन्ध लगाउने निर्णय गरिएको ।

४ लक्ष्मीनियादेवी रौनियार, उजुरी खारेज ।

५ शंकरप्रसाद चौधरी, विरेन्द्रकुमार महतो, रामेश्वर प्रसाद महतो, रामनारायण प्रसाद थारु नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ख) वमोजिम वहाल रहेको पार्टीको पदीय दायित्व र जिम्मेवारी अनुसारको काम कारवाही गर्नवाट तीन महिनाका लागि प्रतिवन्ध लगाइएको ।

२६. चितवन

क्षेत्र नं. ५ मायाँराम चौधरी, तीर्थराज भुषाल, पृथ्वीमान गुरुङ्ग, हरिप्रसाद पौडेल २०७१÷१÷२१ गतेको नेपाली कांग्रेस चितवनवाट प्राप्त “विवाद समाधान गरिएको” सम्वन्धि सिफारिसलाई सदर गरिएको ।

२७. लम्जुङ

क्षेत्र नं. १ शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, इन्दिरा तिवारी, खुशीमान गुरुङ्ग, प्रकाशवावु तिवारी उजुरीका पक्ष र विपक्षीका बीचमा मिलापत्र भएको ।

२८. तनहुँ

क्षेत्र नं. २ गोविन्दराज जोशी, अमरराज कैनी, रघुनाथ पौडेल, पार्वती (उर्मिला) थापा, परशुराम गिरी, सतिषचन्द्र न्यौपाने, वलवहादुर आले, ध्रुवलाल प्रधान, भरतकृष्ण श्रेष्ठ, मिनवहादुर कार्की, रामदेव पन्त, हरि सिग्देल, शंकरराज गैरे, श्रीकृष्ण पन्त उजुरी खारेज ।

२ विश्वराज न्यौपाने, परमेश्वर भट्टराई वहाल रहेको पार्टीको पदीय जिम्मेवारी र दायित्व अनुसारको काम कारवाही गर्न नपाउने गरी नियमावलीको नियम ४४ (१) (घ) वमोजिम पार्टीको गाउँ तहको पदमा एक वर्षसम्मका लागि उम्मेदवार वन्न नपाउने निर्णय गरिएको ।

२ तिलवहादुर थापा, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ङ) वमोजिम एकवर्षसम्मका लागि पार्टीको सदस्यतावाट निस्कासित गरिएको ।

२९. स्याङजा

क्षेत्र नं. ३ शिवकुमार गिरी, लक्ष्मण प्रसाद भट्टराई, लालगोपाल अर्याल, लक्ष्मीकान्त रेग्मी उजुरी खारेज ।

३०. पाल्पा

क्षेत्र नं. १. रुपा वि.क., दानवहादुर पछ्याई, रमण थाापा, सन्तोष थापा, लक्ष्मण वस्याल, डा. मिनेन्द्र रिजाल उजुरी खारेज ।

२ राजनप्रसाद पन्त, प्रेमनाथ वस्याल, सरस्वती प्रसाद वस्याल उजुरी खारेज ।

३१.अर्घाखाँची

मानवहादुर विश्वकर्मा उजुरी खारेज ।

३२. नवलपरासी

क्षेत्र नं. ४ महेन्द्र ध्वज जि.सि., आराधना भट्ट उजुरी खारेज ।

३३. रुपन्देही

क्षेत्र नं. १ विश्वनाथ यादव, दुर्योधन सिंह चौधरी, राजेन्द्र यादव, शिवपुजन वरुण, अर्जुन यादव, शिवपुजन यादव, रामचन्द्र विसाद, मोहनदत्त सहनी, हरिराम हरिजन, गोविन्द चौधरी, धर्मप्रकाश चौधरी, राजकुमार यादव, उदयराज यादव, नारायण यादव, रामदेव यादव, उजुरी खारेज ।

३ रामचन्द्र ढकाल, प्रकाशचन्द्र ढकाल, नारायण ढकाल, दीर्घ वहादुर (कुमार) के.सी., तोयनाथ ढुंगाना, विनोद ढकाल, हरिप्रसाद न्यौपाने, उजुरी खारेज ।

३ त्रिभुवनी थारु, रामवहादुर धवल, अनिल दुवे, नेपाली कांग्रेसको नियमावली २०६८ को नियमा ४४ (१) (क) वमोजिम सचेत गराइएको ।

३४. कपिलवस्तु

क्षेत्र नं. २ ललित गुरुङ्ग, अव्दुल सतार खाँ, अरसद कमाल, अव्दुल करिम मु., कृष्ण सहनी, नजिर आलम मु., अव्दुल कैंयुम मु., दिपनारायण शुक्ल, मो. रहिष मु., अ. हन्नान मु., अतिकुर रहमान मु., वलिउद्दिन मु., छोटेलाल मुसलमान, मेवालाल यादव, रामकेवल थारु, खोजु थारु, जीवन सुवेदी, वहाल रहेको पार्टीको पदीय दायित्व अनुसारको काम कारवाही गर्न नपाउने गरी नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (घ) वमोजिम गाउँ तहको पदमा एकवर्षसम्म उम्मेदवारी दिन नपाउने निर्णय गरिएको ।

२ अत्तहर कमाल मुसलमान, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) वमोजिम पाँच वर्षसम्मका लागि पार्टी सदस्यता स्वतः समाप्त भएकोले अभिलेखवाट नाम हटाउने ।

४ अव्दुल कलाम खाँ उजुरी खारेज ।

५ प्यार मोहम्मद मियाँ, कृष्णप्रसाद पौडेल, अकिल मियाँ नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (क) वमोजिम सचेत गराइएको ।

५ मंगलप्रसाद गुप्ता, स्वतन्त्रता देवी गुप्ता, गोपाल प्यारे चण्डेल, राजाराम कलवार, अफाक अहम्मद खाँ, जगदम्वा प्रसाद चौधरी, दिपेन्द्रकुमार चौधरी, रामपति थरुनी, अर्जुनकुमार चौधरी, घिराउप्रसाद चौधरी, हरिशकुमार चौधरी, वुधही मुराउँ, इस्राइल मियाँ, सैवुप्रसाद मौर्य, रघुवीर माली, हरिप्रसाद केवट, वेकारु धोवी, रामनिवास गुप्ता, राधिका माली, सुवावती माली, नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (क) वमोजिम पार्टी सदस्यता स्वतः समाप्त भएकोले नीजहरुको नाम पार्टी अभिलेखवाट हटाउने ।

५ व्रम्हानन्द उपाध्याय, उर्मिला उपाध्याय, अनिलकुमार गुप्ता, रामनरेश प्यासी, रामनरेश मौर्य, राजेशकुमार उपाध्याय, नुर मो. मुसलमान, संकटेश्वर प्रसाद हरिजन, काशिराम मुराउँ, जितेन्द्र उपाध्याय, शितला प्रसाद चाई, उजुरी खारेज ।

३५. मुस्ताङ

शुशिलमान सेरचन, खगेन्द्र तुलाचन, रेन्जीन दोर्जे विष्ट, (ङवाङ्ग कुङ्गगा लामा) नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(ङ) वमोजिम १ (एक) वर्षसम्मका लागि पार्टी सदस्यतावाट निस्कासित गरिएको ।

प्रेमप्रसाद तुलाचन, नरसिंह सेरचन, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) वमोजिम पाँच वर्षसम्मका लागि पार्टी सदस्यता स्वतः समाप्त भएकोले अभिलेखवाट नाम हटाउने ।

३६. पर्वत

क्षेत्र नं. २ अर्जुनप्रसाद जोशी उजुरी खारेज ।

३७. रोल्पा

क्षेत्र नं. १ सुरेन्द्र हमाल, यस उजुरी खारेज ।

२ अमरसिंह पुन उजुरी खारेज ।

३८. दाङ

क्षेत्र नं. १ लिलाराम खनाल, किरण शाह नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) वमोजिम पाँच वर्षसम्मका लागि पार्टी सदस्यता स्वतः समाप्त भएकोले अभिलेखवाट नाम हटाउने ।

१ शिला खड्का, कृष्ण खड्का, प्रताप खड्का, कर्ण वुढाथोकी, तिलक वि.सि., जगदिशप्रसाद दुवेदी, डिल्लीवहादुर वस्नेत, पूरण वली, गिरीराज पौडेल (किरण), तुलाराम सिंह ठकुरी, गोविन्द चौधरी, शरद वुढाथोकी, रामेश्वर यादव, दिपेन्द्र के.सी., दिपेन्द्र जि.सि., कुमार घिमिरे, देवेन्द्र वुढाथोकी, सुमन पौडेल, नेत्रसिंह ठकुरी, प्रेम पुन मगर, किरण वुढाथोकी, दिनेश चौधरी, उजुरी खारेज ।

५ वुद्धिराम तिवारी, डिल्लीराज कडेल नेपाली कांग्रेसको नियमावली २०६८ को नियमा ४४ (१) (ख) वमोजिम वहाल रहेको पदीय दायित्व अनुसारको काम कारवाही गर्नवाट पाँच महिनाका लागि प्रतिवन्ध लगाउने ।

५ गेहेन्द्र गिरी, हेमन्त योगी, उजुरी खारेज ।

३९. डोल्पा

क्षेत्र नं. १ दिलवहादुर विष्ट, निमा गुरुङ्ग, नवराज शाही, पुने रोकाय, वर्णवहादुर शाही, ज्योती प्रसाद पहाडी नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(ङ) वमोजिम १ (एक) वर्षसम्मका लागि पार्टी सदस्यतावाट निस्कासित गरिएको ।

चन्द्रवहादुर शाही, सुनकुमारी शाही, मायाँदेवी शाही, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) वमोजिम पाँच वर्षसम्मका लागि पार्टी सदस्यता स्वतः समाप्त भएकोले पार्टी अभिलेखवाट नाम हटाउने ।

जिल्ला कार्यसमितिको निर्णयका विरुद्ध उजुरी दायर नेपाली कांग्रेसको क्रियाशिल सदस्यता समेत नरहेको व्यक्ति (अंगद कुमार वुढा) लाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोल्पाको उपसभापति पदमा जिल्ला कार्यसमितिले गरेको चयन विधान सम्मत नभएको ठहर ।

४०. जुम्ला

क्षेत्र नं. १ देवकी श्रेष्ठ उजुरी खारेज ।

४१. कालिकोट

क्षेत्र नं. १ कालिवहादुर सहकारी, सचेत गराइएको ।

मोतीराज वम उजुरी खारेज ।

४२. जाजरकोट

क्षेत्र नं. १ सनतकुमार कार्की, झलकनाथ वाग्ले, रमेश सिंह, रामजंग शाह, उजुरी खारेज ।

१ चिन्ताकुमारी वाग्ले नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (क) वमोजिम पदीय दायित्व र जिम्मेवारी पूरा गर्नका लागि सक्रिय रहन निर्देशन गर्दै सचेत गराइएको ।

४३. दैलेख

क्षेत्र नं. १ जगतजंग थापा, रविन्द्रराज श्रेष्ठ, खेमराज के.सी., लालवहादुर श्रेष्ठ, उजुरी खारेज ।

१ नरसिंह मल्ल, वखत वहादुर कटुवाल, किशोर कुमार के.सी., भूपाल थापा, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) वमोजिम पाँच वर्षसम्मका लागि पार्टी सदस्यता स्वतः समाप्त भएकोले पार्टी अभिलेखवाट नाम हटाउने ।

४४. सुर्खेत

क्षेत्र नं. १ अनन्तप्रसाद पौडेल, नवराज पौडेल नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ख) वमोजिम वहाल रहेको पदीय दायित्व अनुसारको पार्टीको काम , कारवाही गर्नवाट तीन महिनाका लागि प्रतिवन्ध लगाउने निर्णय गरिएको ।

४५. बाँके

क्षेत्र नं. २ राजकुमार साहु, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(ख) वमोजिम वहाल रहेको पदीय जिम्मेवारी अनुसारको काम कारवाही गर्न नपाउने गरी ६ महिनाका लागि प्रतिवन्ध लगाउने निर्णय गरिएको ।

४ महेन्द्र मल्ल ठकुरी नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४(१)(ङ) वमोजिम पार्टी सदस्यतावाट एकवर्षसम्मका लागि निस्काशन गरिएको ।

४६. वर्दिया

क्षेत्र नं. ४ दिपकजंग शाह, उजुरी खारेज, जिल्ला अनुशासन समितिले २०७०-१२-१९ मा गरेको कारवाहीको सिफारिस र जिल्ला कार्यसमिति वर्दियाको २०७१÷३÷११ गतेको वैठकको निर्णय विधान सम्मत देखिन नआएकोले निश्प्रभावी ठहर गर्दै वदर गरिएको ।

४ अरुणप्रकाश सिंह राठौर, जन्मजय तिमिल्सीना, भोजराज जोशी, श्रीराम चौधरी उजुरी खारेज ।

४७. बझाङ

क्षेत्र नं. १ चन्द्रा जोशी उजुरी खारेज ।

२ सत्यराज भण्डारी, शारदा विष्ट, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) वमोजिम पाँच वर्षसम्मका लागि पार्टी सदस्यता स्वतः समाप्त भएकोले अभिलेखवाट नाम हटाउने ।

२ जनक दौल्याल, वसन्त थापा, वालाजी विष्ट, राजेन्द्र भण्डारी, धनवहादुर गुर्धामी, प्रकाश कुँवर, हरिश्चन्द्र उपाध्याय, विष्णु दौल्याल, विष्णु मल्ल नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ङ) वमोजिम १ (एक) वर्षका लागि पार्टीको सदस्यतावाट निस्काशन गरिएको ।

४८. डोटी

क्षेत्र नं. २ यज्ञराज पाठक वहाल रहेको पार्टीको पदीय दायित्व अनुसारको काम कारवाही गर्न नपाउने गरी नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (घ) वमोजिम क्षेत्रीय तहमा एकवर्षसम्म उम्मेदवारी दिन नपाउने निर्णय गरिएको ।

४९. कैलाली

क्षेत्र नं. १ धिजराज रेग्मी, सुशीला स्वाँर, फकिर सिंह कडायत, जंगवहादुर साउँद, नारायणप्रसाद कोइराला, भरतवहादुर स्वाँर, शेरवहादुर साउँद, नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४४ (१) (ख) वमोजिम वहाल रहेको पार्टीको पदीय दायित्व अनुसारको काम कारवाही गर्नवाट तिन महिनाका लागि प्रतिवन्ध लगाउने निर्णय गरिएको ।

१ चन्द्रसिंह भट्टराई, गंगावहादुर कुँवर, चेतमान खत्री, केशवलाल महतो उजुरी खारेज ।
२ हिमवहादुर रावल उजुरकर्तावाट उजुरी दावी फिर्ता लिएको ।