६ मंसिर २०८३, आइतबार

फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । सङ्घीय समाजवादी फोरम नेपालले वर्तमान सरकार निर्माण हुँदा दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टीका संसदीय दलका नेता अशोककुमार राईले सभामुख ओनसरी घर्ती मगरलाई पार्टीले सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएको पत्र आज बुझाएको छ । उक्त पार्टीमा १५ सांसद छन् । सरकारले आफ्ना मागप्रति ध्यान नदिएको जनाउँदै समर्थन फिर्ता लिइएको पार्टीले जनाएको छ । रासस