१ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषदमा बबाल भएपछि सरकारले दिने भयो पृथ्वी जयन्तीमा बिदा, बबाल गर्ने मन्त्रीहरु को-को ?

166.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । मन्त्रिपरिषद्को बैठकमा बबाल भएपछि सरकारले यसबर्षबाट पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु राप्रपाबाट मन्त्री बनेका दीपक बोहरा तथा काँग्रेसबाट मन्त्री बनेका अर्जुननरसिंह केसीलगायत धेरैले अडान कसेपछि सरकार बाध्य भएर सार्वजनिक बिदा दिन तयार भएको थियो ।

सोमबार बसेकोको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री बिमलेन्द्र निधिले पृथ्वीजयन्तीलाई सामेल नगरी २०७४ सालको सार्वजनिक छुट्टीको सूची पेश गरेका थिए । तर, त्यसमा मन्त्रीहरु बोहोरा र केसी लगायतले चर्को विरोध गरेका थिए । त्यसक्रममा केही भनाभन समेत भएको थियो । अन्य मन्त्रीहरुले पृथ्वीजयन्तीमा छुट्टी नदिएसम्म सार्वजनिक छुट्टीको प्रस्ताव अनुमोदन नगर्ने अडान लिएपछि सोमबारको बैठक बिना निष्कर्ष सकिएको थियो । तर, मंगलबार मन्त्रिपरिषदले प्रकाशित गरेको राजपत्रमा पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीमा सामेल गरिएको छ ।

दोस्रो जनआन्दोलन लगत्तै पृथ्वी जयन्तीको बिदा कटौती भएको थियो । तर, पृथ्वी जयन्तीमा बिदा नदिएपछि सरकारको चर्को टिप्पणी हुँदै आएको थियो । सरकारले राजपत्रमा सार्वजनिक बिदा दिने कुरा उल्लेख गरे पनि एकता दिवसका रुपमा मनाउने विषयमा भने केही बोलेको छैन् ।