१४ कार्तिक २०८३, शनिबार

चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाही, आयोजना नै अनिश्चित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्ववको पूर्व–पश्चिम २२० केभी प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाहीले आयोजनाको भविष्य अनिश्चित भएको छ ।

एकपछि अर्को बहाना खोज्दै काम रोक्दै आएको ठेकेदारले पछिल्लोपटक दुई साताअघि ६ वर्षपहिले भएको ठेक्का सम्झौताका दररेट र विलम्ब लागत (दाबी) नपाए कामै नगर्ने पत्र विद्युत् प्राधिकरणलाई दिएपछि आयोजनाको भविष्य अनिश्चित बनेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

वन मन्त्रालयको सहमति पाएर प्राधिकरणले निर्माण सामग्री नवलपरासीमा थुपारेको एक वर्ष बितिसक्दा पनि चिनियाँ सरकारी कम्पनी चाइना सेन्ट्रल पावर ग्रिड (सीसीपीजी) ले दुई साताअघि प्राधिकरणलाई पत्र लेख्दै भनेको छ, ‘पैसा नपाए हामी काम गर्दैनौं ।’

सीसीपीजीले अहिलेसम्म प्राधिकरणबाट ९० करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । उसले अहिले आएर उल्टै करिब डेढ करोड रुपैयाँ विलम्ब लागत प्राधिकरणसँग मागेको छ ।

चिनियाँ ठेकेदारको ढिलासुस्तीबाट आजित अघिल्ला ऊर्जासचिव सुमनप्रसाद शर्माले चिनियाँ दूतावासमै गएर उक्त कम्पनीलाई काम गराइदिन ताकेतासमेत गरेका थिए ।