३ कार्तिक २०८३, मंगलबार

नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमाको पाँच लाख रुपैयाँ भुक्तानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नेपाल बङ्गलादेश बैंकले आफ्ना बचत खातावालाहरुलाई दिंदै आएको दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकको भैँसेपाटी शाखाका ग्राहक स्व. सुकुमाया लामाको बीमा रकम पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

उक्त क्षतिपुर्ति रकमको चेक मृतकका सोमबार छोराहरु मनोज कुमार लामा, रमेश कुमार लामा र सुवर्ण लामालाई बैंकका नायव महाप्रबन्धकसुरेन्द्र भुषण श्रेष्ठद्वारा एक समारोह बिच हस्तान्तरण गरिएको थियो ।

बैंकले आपmना बचत खातावालाहरुलाई दुर्घटना बीमा सुविधा दिंदै आएको छ । उक्त सुविधा अन्तर्गत खातावालहरुको दुर्घटनामा मृत्यु भएमा खातामा भएको मौज्दातको दोब्बर अथवा बढीमा पाँच लाखसम्म रकम क्षतिपूर्ती वापत भुक्तानी गरिने जनाएको छ । यस प्रकारको सुविधा पाउने ग्राहकहरुको बीमा वापतको प्रिमियम पनि बैंक आफैंले नै ब्यहोर्ने जनाएको छ ।

बैंकले ग्राहकहरुको सुखमा मात्र नभई दुःखमा पनि साथ दिने अभिप्रायले यस प्रकारको सुविधा दिंदै आएको जानाएको छ । यस प्रकारको सुविधा आगामी दिनहरुमा पनि निरन्तरता दिंदै जाने अवगत गराएको छ ।