१ कार्तिक २०८३, आइतबार

प्रकाश दाहालको आतंकपछि बालुवाटारमा भागाभाग !

154.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनलाई नजिकबाट सघाउँदै आइरहेका माओवादी कार्यकर्ता तथा सचिवालयका सदस्यहरू आक्रोसित भएर साथ छाड्दै हिँड्न थालेका छन् ।

बालुवाटारमा प्रचण्डका छोरा–बुहारी तथा केही सल्लाहकारहरूको बढ्दो आत्याचारमा प्रचण्डले चासो नदिएपछि सचिवालयमा रहेर प्रचण्डलाई सघाउँदै आइरहेकाहरू केही सहयोगीहरू कार्यालय आउन छाडेका छन् भने केहीले धमाधम जिम्मेवारी त्याग्न थालेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीका सचिवालयका सदस्य तथा सल्लाहकार बालुवाटार जान छाडेको खबर प्रकाशमा आइरहेका बेला उपसचिवको नियुक्ति लिएर प्रचण्ड प्रधानमन्त्री भएदेखि नै सघाउँदै आइरहेका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले बालुवाटाराई बाईबाई गरेका छन् ।

तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डका गतिविधिबारेका समाचारमा को–अर्डिनेसन गर्नुका साथै सीएम प्रचण्डका लागि सामग्री तयार पार्दै आइरहेका थिए । प्रचण्डको भेटाघटलगायतका काममा पनि उनले सहयोग गर्ने गरेका थिए ।

स्रोतका अनुसार तिमिल्सिना प्रधानमन्त्रीको भेटघाटलगायत काममा प्रचण्ड पुत्र प्रकाशले गर्ने गरेको मनपरीबाट लामो समयदेखि आजित हुँदै आइरहेका थिए ।

त्यसैले उनले लामो समयदेखि प्रकाश र केही सल्लाहकारका गतविधिप्रति आफूनिकटका सँग अनुसन्तुष्टि व्यक्त गर्ने गरेका थिए ।

तर, उनको असन्तुष्टि सम्बोधन गर्नुको साटो प्रचण्ड पत्रु प्रकाशले थप सताउन थालेपछि उनले जिम्मेवारी नै त्याग्ने निर्णय विकल्प रोजेका छन् ।