१४ कार्तिक २०८३, शनिबार

पौडेलले भने पत्रको जवाफ खोइ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । सभापतिको पार्टी सञ्चालन शैलीप्रति नेता रामचन्द्र पौडेलले शुक्रबार पनि असन्तुष्टि राखेका छन् ।

‘हामी पनि सरकारमा छौँ, तर माओवादी र अरू दलका मन्त्रीको एकलौटी देखिएको छ । हाम्रै पार्टी राम्रोसँग सञ्चालन भएन, विधि, प्रक्रिया, पद्धतिमा हिँडेन,’ पौडेलले भने, ‘नियमित बैठक नबस्ने, पार्टीका संरचनालाई पूर्णता नदिने अवस्थाले पार्टी निरंकुशतातिर जान्छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

मैले चिठी लेखेर बैठक डाक्न आह्वान गरो । तर, चिठीको वास्ता किन गरिएन रु’ आफूहरूले पार्टीमा भागबन्डा नखोजेको भन्दै पौडेलले नेताको मूल्यांकनलाई सम्मान गर्न सुझाब दिए ।

शशांक फर्किएपछि केन्द्रीय समिति बैठक

नेताहरूले निरन्तर माग गरेपछि सभापति शेरबहादुर देउवाले ३ चैतमा महामन्त्री डा. शशांक कोइराला युरोपबाट फर्किएपछि केन्द्रीय समिति बैठक आह्वान गर्ने जानकारी दिएका छन् ।

पार्टी बैठकमा संविधान संशोेधन, स्थानीय तहको निर्वाचन, सप्तरी र कञ्चनपुर घटना, पार्टीका संरचनालाई पूर्णता दिने विषयमा छलफल गराउने तयारी देउवाको छ । कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताहरूको अर्को बैठक १ चैतमा पुनः बस्ने भएको छ ।