महेन्द्रनगर, २९ फागुन । भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालका अनुसार, सरकारबाट सहिद घोषित गौतमलाई आइतबार ११ तोपको सलामीसहित अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने भएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
सेती अञ्चल अस्पतालमा राखिएको गौतमको शवको शनिबार पोष्टमार्टम भएको छ । आइतबार विहान साढे ८ बजे उनको शवयात्रा निकालिने छ । शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ । सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने छ ।
गत बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमलाई शुक्रबार सहिद घोषणा गर्दै सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।












प्रतिक्रिया