१४ कार्तिक २०८३, शनिबार

को हुन् गोविन्द ?

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । वृद्ध बुबाआमा, तीन छोरी र श्रीमतीको सहारा रहेका गोविन्द गौतम २ फागुन २०४१ सालमा पुनर्बास नगरपालिका–८, माछापुच्छे टोलमा जन्मिएका हुन् ।

गरिब परिवारमा जन्मेका गौतमले ७ कक्षासम्म अध्ययन गरेपछि पढाइ छोडेर जीविकोपार्जनका लागि मजदुरी गरेका थिए । राजधानी दैनिकले समाचार छापेको छ ।

११ वर्षअघि लक्ष्मी गौतमसँग विवाह बन्धनमा बा“धिएका गोविन्द तीन वर्ष मलेसियामा काम गरेर पुनः दुई वर्ष साउदी अरब गएका थिए । सात महिनाअघि साउदी अरबबाट घर आएका गोविन्द पुनर्बास क्षेत्रमा भारतीय एसएसबीको ज्यादतीविरुद्ध लड्दै आएका थिए ।

सीमा रक्षाका लागि लड्दालड्दै बिहीबार ३२ वर्षको उमेरमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर उनले मृत्यु वरण गरेका छन् । माछापुच्छे टोलको सुकुम्बासी बस्तीमा बस्ने गोविन्दका सम्पतीको नाममा दुई कट्ठा जमिन मात्र रहेको छ ।

उनका ७१ वर्षीय बुबा खेमलाल, तीन छोरी र श्रीमती छन् । गौतमकी जेठी छोरी आशिका ५ कक्षामा, माइली छोरी आकृति २ कक्षामा पढ्छिन् भने अर्की दुई वर्षकी छोरी छन् ।

गोविन्दका बुबा खेमलाल र आमा हरिदेवीले राज्यले सहीद घोषणासँगै उनले मृत्युवरण गरेको क्षेत्रमा सालिक बनाउनुपर्ने, आनन्द बजारलाई गोविन्द बजार नामांकन गर्नुपर्नेलगायत पाच बुदे माग गरेका छन् ।