१ कार्तिक २०८३, आइतबार

भारत भ्रमणमा किन जाँदैछन् गृहमन्त्री निधि ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा जाने भएका छन् ।

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीबाट नेपाली मारिएपछि उत्पन्न तनावका बीच निधि आगामी सोमबार आतंकवाद प्रतिवाद सम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन दिल्ली जान लागेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले आतंकवादविरुद्धको सम्मेलनमा भाग लिनका लागि मन्त्री निधि भारत जान लागेको जानकारी दिदै भ्रमण क्रममा राजनीतिक भेटघाट समेत हुने बताए ।

दिल्लीमा रहँदा मन्त्री निधिले विदेशमन्त्री सुष्मा स्वराजलगायतका उच्च अधिकारीसँग सीमामा भएको गोलीकाण्ड र नेपालको पछिल्लो अवस्थाबारे छलफल गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताका लागि पहल भएपनि निश्चित भइसकेको छैन् ।