३० आश्विन २०८३, शुक्रबार

हामी युवाहरु कञ्चनपुर घटनाको बदला लिन तयार छौं !

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान तिव्र गतिमा अगाडी बढिरहेको गौरवपूर्ण समयमा फागुन २५ गते कञ्चनपुरको नेपाल भारत सीमाना पूनर्वासमा घटेको घटना नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको खुलेआम अपहरण हो ।

नेपालले आफ्नो भु–भागमा कल्भर्ट निर्माण गर्नै लाग्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले उक्त भुभाग भारतको हो भनेर नांगो हस्तक्षेप गर्यो, आधिकारिक रुपमा उक्त भुमि नेपालको विर भुमी हुँदाहुँदै पनि भारतले बल प्रयोग गरेर उक्त कल्भर्टलाई माटो हालेर र नेपाली जनतामाथि क्रुर तरिकाले लाठी चार्ज गरेर गोलीसमेत प्रहार गर्यो, उक्त घटनाबाट सीमा रक्षक गोविन्द गौतमको मृत्यु भयो र अन्य धेरै विर नेपाली घाइते भए, यो भारतको विस्तारवादी आक्रमण हो ।

नेपाली भुमिमा आएर दादागिरी देखाउने भारतको नियत हामी विर नेपाली जनतालाई र हामी युवालाई स्वीकार्य छैन, हामीले यसको कडा प्रतिवाद गरिरहेको छौ, तर विडम्वना लम्पसारवाद सरकार कानमा तेल हालेर बालुवाटारमा सुतिरहेको छ । नेपालीको छातिमाथि र देशको अस्मितामाथि गोली लाग्दा पनि सरकार चुप लाग्नु शंकास्पद खेल भएको महशुस भएको छ । सप्तरीको तिलाठि पछाडी फेरि पूनर्वासमा भारतको हस्तक्षेप बढेको छ । नेपाल सरकारले यसको बदला तत्काल लिनुपर्छ, होइन भने हामी युवा आफै लिन तयार छौ । किनभने हामीलाई यो देशको १ टुक्रा भुमिको माया छ र छ राष्ट्रियताको माया त्यसैले नेपाल सरकार होशियार ।

देशलाई बचाउने क्रममा गोली खाने सीमा रक्षक गोविन्द गौतम महान सपूत हुनुहुन्छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जलि र परिवारमा अर्पण गर्दै घटनाप्रति घोर भत्सर्ना गर्दछु, गोविन्द गौतमको बाँकी कामलाई हामी पूरा गर्नेछौ, यो एक स्वाभिमानी नेपाली छोराको बचनवद्धता हो ।

(लेखक अनेरास्ववियुमा आबद्ध छन् ।)