३१ आश्विन २०८३, शनिबार

बागमती सरसफाईमा बैंकरहरुको ऐक्यबद्दता (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । बागमती सरसफाई अभियानमा नेपाल बैंकर्स एशोशियनले पनि ऐक्यबद्दता जनाएको छ ।

बागमती सरसफाई अभियान दुई सय साता पुगेको अवसरमा शनिबार एशोशियसनले ब्यानरसहित बागमती किनारमा भेला भएर ऐक्यबद्धता जनाएको हो । संघका अध्यक्ष अनिलकेशरी शाहको नेतृत्वमा कुपण्डोलस्थित बागमती किनारमा पुगेका संघका पदाधिकारी तथा सदस्यहरु केहीबेर सरसफाईमा समेत सहभागी भएका थिए । त्यसपछि मुख्य कार्यक्रममा सहभागी हुन ब्यानरसहित शंखमुल पुगेका थिए ।

बागमती सफाई गर्दै बैंकर्स संघका अध्यक्ष एवं मेगा बैंकका सिइओ अनिलकेशरी शाह

बागमती सभ्यतालाई संरक्षण गर्न आह्वान गर्दैै सरसफाई अभियानमा आफूहरुले निरन्तर ऐक्यबद्दता जनाइरहेको संघका अध्यक्ष शाहले बताउनुभयो ।

सरसफाई अभियानमा बैंकर्स संघका पदाधिकारी तथा सदस्यहरु