३० आश्विन २०८३, शुक्रबार

अन्तर्घाती सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujataकाठमाडौं, ८ असोज । संविधानसभा निर्वाचनमा पार्टी उमेद्वारविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाही गरेको छ ।

केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्याय संयोजकत्वको ५ सदस्यीय समितिले पार्टीको झन्डै सात दशक लामो इतिहासमा पहिलो पटक केन्द्रीय सदस्य, सभासद, पूर्वमन्त्री, पूर्व जिल्ला सभापति, क्षेत्रिय सभापतिका साथै महासमिति सदस्यलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य एवमं संसदीय समितिका सदस्य कोइराला, सभासद गणेशप्रसाद विमली, पूर्वमन्त्री सुशीला स्वाँर, पूर्वराज्यमन्त्री सुशीलमान शेरचन, पर्शुराम पोखरेल, पूर्व जिल्ला सभापति बिदुर बस्नेत लगायतको समाचार आजको नागरिक दैनिकले छापेको छ ।