५ मंसिर २०८३, शनिबार

भारतविरुद्ध ‘विप्लव’ माओवादीले ‘कठोर’ प्रदर्शन गर्ने, शनिबार नेपाल बन्द

31.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । कञ्चनपुर जिल्लामा भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेर गोली चलाउँदा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले नेपाल बन्दको आह्वान गरेको छ ।

राष्ट्रिय जनस्वयं सेवकका संयोजक सुदीप मल्लका अनुसार कञ्चनपुरमा भएको घटनाको विरोधमा भोलि फागुन २८ गते शनिबार नेपाल बन्द आह्वान गरिएको हो ।

बन्दलाई सफल बनाउन सबै जिल्लाहरूमा भारतविरुद्ध प्रदर्शनका साथै बेलुका मसाल जुलुस राखिएको मल्लले जानकारी दिए । उनले अब भारतविरुद्ध कठोर आन्दोलनको विकल्प नरहेको बताए ।

नेपालको राष्ट्रियतामाथि गम्भीर आघात पुग्ने गरी भारतीय पक्षले नेपाली भूमिमा प्रवेश गरेर कञ्चनपुरमा नेपाली युवकको हत्या गरेको भन्दै विरोधमा बन्दसहितका कार्यक्रम गर्न लागिएको उनले बताए ।

संयोजक मल्लले भने, ‘भारतीय एसएसबीले गोली हानेर गोविन्द गौतमको हत्या गरेको छ । यस्तो सम्वेदनशील अवस्थामा चुप लागेर बस्न सकिँदैन ।’

विप्लव माओवादीले नेपाल बन्द र भावी आन्दोलनका विषयमा जानकारी दिन आजै पत्रकार सम्मेलनको कार्यक्रम समेत राखेको छ ।