काठमाडौं, २६ फागुन । नेपाल बङ्गलादेश बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंको महाराजगञ्जमा आफ्नो ४४ औं शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको औपचारिक समुद्घाटन सो कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल राष्ट्र बैँकका डेपुटी गर्भनर शिवराज श्रेष्ठद्धारा बुधबार (हिजो) अन्तर्राष्ट्रिय महिला दिवसको दिनमा गरियो । उक्त कार्यक्रमको अध्यक्षता बैंकका वरिष्ठ सञ्चालक माधवप्रसाद न्यौपानेले गर्नु भएको थियो भने सो सामारोहमा बैंकका संचालकहरु मुकुन्दनाथ ढुङ्गेल, अरुण श्रेष्ठ तथा दिपक कार्कीको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रममा विशेष अतिथिको रुपमा अधिकारकर्मी, उद्यमी तथा समाजसेवी लक्ष्मी शर्माले आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
उक्त शाखामा शाखा प्रबन्धक लगायत अन्य सम्पूर्ण कर्मचारीहरु महिला मात्र रहेका छन् । बैंकले महिला कर्मचारीहरुको नेतृत्व विकास तथा प्रतिस्पर्धी अवसरको लागि महिला कर्मचारीहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो शाखालाई पूर्णरुपमा महिला शाखाको रुपमा विस्तार गरेको हो । उक्त उद्घाटन समारोहमा बैंकका विभिन्न सेवाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त समारोहमा बैंकका वरिष्ठ संचालक माधव प्रसाद न्यौपानेले सोही शाखामा जडान गरिएको एटिएमको पनि शुभारम्भ गर्नु भएको थियो ।
महाराजगञ्ज शाखा सहित बैंकले ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४१ वटा एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ ।
बैंकको आ.व. २०७३-७४ को दोश्रो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ४१.०३ अर्ब, कुल कर्जा ३६.२० अर्ब रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद मुनाफा रु. ५४.०६ करोड रहेको छ ।















प्रतिक्रिया