
काठमाडौं, २६ फागुन । एमालेले राजविराज घटनाको विरोधमा भण्डाफोर अभियान चलाउनै लाग्दा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि राजविराज घटनाको विरोधमा कार्यक्रम गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा मध्यान्ह १२ बजे जम्मा भएर मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले राजविराज घटनाको विरोधमा प्रदर्शन गर्न लागेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । बृहत प्रदर्शन माइतीघर मण्डलामा पुगेर सभामा परिणत हुनेछ ।
उनले भने, ‘राजविराजमा चार जनाको ज्यानजाने गरी भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गर्न लागेका हौँ । सरकार र एमालेको चरित्र उदाङ्गो पार्ने छौँ ।’
सरकार र एमालेका कारण राजविराज घटना भएको जनाएको मधेसी मोर्चाले विरोधमा विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ । मधेसी मोर्चाले आज तराईका जिल्लाहरूमा पनि विशेष प्रदर्शन गर्दैछ ।











प्रतिक्रिया