कानपुर, २६ फागुन । पेय पदार्थ रेडबुल एनर्जी ड्रिंकमा कैफीन ज्यादा भएको आरोपमा भारतको उत्तर प्रदेशस्थित फूड सेफ्टी ऐंड ड्रग एडमिनिस्ट्रेशनले कडा रवैया अपनाएको छ ।
ड्रग एडमिनिस्ट्रेशनले रेडबुल बिक्री गर्ने दुकानदारविरुद्ध मुद्दा चलाउने चेतावनी दिएको छ । डेजिग्नेटिड आफिसर सैयद शहनवाज आबिदीले दोषी पाइएमा रेडबुल बिक्री गर्ने दुकानदारहरूलाई २ लाख रुपियाँसम्मको जरिवाना गर्ने जनाएका छन् ।
ड्रग एडमिनिस्ट्रेशनले रेडबुल बिक्री रोक्ने अधिकार रहे पनि रेडबुलमा पूर्णरुपमा प्रतिबन्ध लगाउन सक्दैन । रेडबुललाई प्रतिबन्ध फूड सेफ्टी कमिश्नरले मात्रै गर्न सक्छ । अहिलेसम्म रेडबुलको बिक्री रोक्नका लागि कुनै सूचना जारी हुन नसकेको नवभारत टाइम्सले आफ्नो अनलाइन संस्करणमा जनाएको छ ।
कानपुरको फूड सेफ्टी डिपार्टमेन्टले सोमबार स्वास्थ्यलाई हानी पुगाउने पदार्थ रहेको ठूलो परिमाणको रेडबुलको स्टक नष्ट गरिदिएको थियो ।
रेडबुल ड्रिंकमा कैफीनको मात्रा १४५ देखि २०० पीपीएमभन्दा पनि धेरै रहेको परीक्षणमा देखिएको छ । मंगलवार गाजियाबाद, लखनऊ, मेरठ र गाजियाबादमा बिक्री गरिएका रेडबुल ड्रिंकमा कैफीनको मात्रामा गडबडी देखिएको समाचारमा उल्लेख छ । – एजेन्सी















प्रतिक्रिया