आज सारा संसारले अन्तर्राष्ट्रिय महिला श्रमिक तथा नारी दिवस मनाइरहँदा म भने एउटा पुरुष ‘सरिफ’ का बारेमा सोच्दैछु । सरिफ एक भारतीय नागरिक हुन, घरेलु हिंसा सहन नसक्ने अवस्थामा पुगेपछि आत्महत्या गर्न लागेका उनी छोरीको अनुहार सम्झेर मात्र जीवित छन् । मैले काम गर्ने टुर कम्पनि स्याक्रेड सम्मिट्सले बुलेट मोटरसाइकलको टुरहरु गराउने हुँदा, कम्पनीको धेरै अन्तर्राष्ट्रिय बुलेट चालकहरु संग चिनजान छ । यहि चिनजानको आधारमा इन्डियादेखि काठमान्डू सम्म बुलेटमा आएका सरिफ, पुरुषमाथि हुने घरेलु हिंसाकाबिरुद्ध जागरण जगाउन हिडेका हुन् । उनी नेपालबाट भुटानतिर लाग्दैछन् ।
सानैमा आमा बाबु गुमाएका सरिफ कि दिदीको डिभोर्स पछिको उराठ लाग्दो जीवन देखेर, आफूले एक डिभोर्स भएकी महिलासंग बिहे गरेर उनको जीवन आफ्नो दिदीको जस्तै उजाड हुन नदिने उद्देश्यले एक पारपाचुके गरेकी महिलासंग बिहे गरेका थिए । तर कसैको उजाड जीवनलाई हराभरा बनाउन खोज्दा उनको आफ्नै जीवन उजाड भयो । बिहे हुने बित्तिकै उनकी श्रीमतीले उनलाई आफ्ना दिदीबहिनी भाईसंग भेटघाट गर्नबाट बन्देज गराइन । श्रीमतीलाई खुसी पार्न भएपनि आफ्नो मन मारेर उनले आफ्नो परिवारसंग भेट्न छोडे । बिश्वास नभएर हो कि भनेर उनले आफ्नो बैक खाता पनि श्रीमतीकै नाम गर्दिए । खान, बस्न, सुत्न, उठ्न सबै कुरा उनको श्रीमतीको अधिनमा थियो । बुलेट मोटरसाइकल चालक उनले श्रीमतीकै कारण ४ वर्षसम्म मोटरसाइकललाई हात समेत लगाएनन् । छोरी जन्मिइन, छोरीको मुख हेरेर सरिफले सबै कुरा सहन थाले । जिन्दगी यतिसम्म गाह्रो भयो कि उनलाई घर घर जस्तो लाग्न छोड्यो । यहि क्रममा उनको दिदीको पनि बिहे भयो । दिदीसंग उनको भेटघाट नभएको निकै समय भैसकेको थियो । एक दिन उही दिदीको छोरी भयो भन्ने खबर सुनेपछि उनले आफूलाई भान्जीको अनुहार हेर्न जानबाट रोक्न सकेनन् । तर नवजात शीशुलाइ पनि भेट्न जान नदिएपछि, उनको सहनशीलता को बाध फुट्यो । तर उनले चर्को स्वर गर्ने बित्तिकै उनकी श्रीमतीले छोरीलाई लिएर छुट्टै बस्न थालिन । छोरीसंगको बिछोड सहन नसकेर आत्महत्या गर्न लागेका उनका अगाडी छोरीको अनुहार झलझल भएपछी आफ्नो ज्यान लिन सकेनन र अब लोग्ने मान्छे पनि बोल्नुपर्छ, हामीले पनि रुन पाउनुपर्छ, हामीले पनि दुःखका कथा सुनाउन पाउनुपर्छ भन्ने नाराका साथ एक्लै आफ्नो मोटरसाइकल लिएर जनजागरण गराउन भनि हिडे । उनी आज धरानतिर लाग्दैछन ।
विहे हुँदा दुलहीले खुल्लम खुल्ला रुन पाउँछन तर यदि बिबाह पछिको जीवन सरिफको जस्तै कहाली लाग्दो हुने हो भने त दुलाहाले पनि त रुन पाउनुपर्ने हुन्छ । अब यसका लागि लोग्ने मान्छेले रुन पाउनुपर्छ भन्ने कानुन बनाउन त सकिन्न तर हामी पुरुषका आशु पनि स्वागत गर्न सक्ने समाजको निर्माण गर्न सक्छौ ।
नेपालमा पनि अचेल यस्ता कुरा कतै कतै सुन्नमा आउन थालेको छ । कानुनमा भएको लचकताको दुरुपयोग गर्दै केहि नेपाली महिलाले पनि सम्पतिका लागि एउटासंग बिहे गर्दै छोड्दै गरेका कुराहरु सुन्न र पढ्न पाइन्छ । हामीले महिला सशक्तिकरणका नाममा कतै पुरुषप्रति अन्याय त गरिरहेका छैनौ ? कुनै जमाना थियो होला जब महिलाका हक र अधिकारका लागि नारीदिवास मनाउन पर्ने आवश्यकता थियो तर, आज आएर सायद हामीले महिलालाई शसक्त बनाउने निहुँमा कानुन दुरुपयोग गर्ने छुट त दिइरहेका छैनौ ? आखिर महिला पुरुष बराबरी नै हुन् तर समाजले महिलालाई रुन, दुःख पोख्न छुट दियो । विहे हुँदा दुलहीले खुल्लम खुल्ला रुन पाउँछन तर यदि बिबाह पछिको जीवन सरिफको जस्तै कहाली लाग्दो हुने हो भने त दुलाहाले पनि त रुन पाउनुपर्ने हुन्छ । अब यसका लागि लोग्ने मान्छेले रुन पाउनुपर्छ भन्ने कानुन बनाउन त सकिन्न तर हामी पुरुषका आशु पनि स्वागत गर्न सक्ने समाजको निर्माण गर्न सक्छौ । सरिफजस्ता कति पुरुषले रुन भन्दा मर्न जाति भनेर ज्यान फाले होलान । महिला र पुरुष समान हुन लागे तर के पुरुष महिला समान छन् त ? के उनीहरुले आफूमाथि हुने घरेलु हिंसाका बारेमा महिलाले जस्तै खुलेर बोल्न सक्छन त ? पुरुष पनि महिला समान नभैकन समानता कहाँबाट हुन्छ । कानुनको साथ लिएर हामीले महिलालाई पुरुष जस्तै शक्तिशाली बनायौं । अब समाजको साथ लिएर हामी पुरुषलाई पनि कमजोर हुन सक्ने हक दिउ । जबसम्म समानता हुँदैन नारी दिवस मनाउनुको औचित्य हुँदैन् ।
यसपालीको नारी दिवस म सरिफ जस्तो पुरुषको सम्मान गर्दै बिताउने छु ।















प्रतिक्रिया