५ मंसिर २०८३, शनिबार

सप्तरी घटनाले राप्रपाको एकता यात्रा स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैतमा गर्ने भनिएको राष्ट्रिय एकता यात्रा स्थगित भएको छ ।

राप्रपाका प्रवक्ता भुवन पाठकले सप्तरी घटनाले तराई अशान्त भएकाले हाललाई यात्रा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

‘सप्तरीमा घटेको घटना र त्यसबाट उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दा हाल मुलुकमा राष्ट्रिय एकता, सामाजिक सदभाव र चुनावको निमित्त अनुकुल वातावरण सृजना गर्नु पर्ने आवश्यकता रहेकोले पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय एकता यात्रा हाललाई स्थागित गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।