
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्दै छन् ।
अहिले केही समयपछि आफ्नै सरकारी निवास बालुवाटारमा हुने छलफलमा मधेसी मोर्चाका मागका साथै सप्तरी घटनाका विषयमा परामर्श हुनेछ । छलफलमा कांग्रेसका नेताहरूको सहभागिता रहने बुझिएको छ ।
स्रोतका अनुसार मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सात दिनभित्र ठोस निर्णय हुन नसके समर्थन फिर्ता लिने पत्र प्रधानमन्त्री दाहाललाई थमाउनेछ ।
मधेसी मोर्चा सप्तरीमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि सरकारसँग रिसाएको छ । मंगलबार बसेको मोर्चाको बैठकले सात दिनको अल्टिमेटम दिएर जाने निर्णय गरेको थियो ।











प्रतिक्रिया