– कृष्ण ओझा
पाँचथर, २४ फागुन । जिल्ला कृषि विकास कार्यालय पाँचथरले मंगलबार जिल्लाका बाह्र वटा कृषक समूहलाई एक–एक थान हाते ट्याक्टर हस्तानतरण गरेको छ ।
कृषकहरुलाई गोरुको अभावमा नया प्रबिधिमा खेतबारी खनजोतमा सहज होस भन्ने उद्देश्यले हाते ट्रयाक्टर वितरण गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाको रानीगाउँ गाविसको दुई र सराङडाँडा, याङ्नाम, फाक्तेप, लुम्फाबुङ, आरुबोटे, नवमीडाँडा, नागी, रवि, कुरुम्बा र नांगीन गाविसको एक–एक वटा कृषक समूहलाई सो हाते ट्रयाक्टर वितरण गरेको हो ।
कार्यालयले एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, प्रहरी नायव उपरिक्षक नकुल पोख्रेल र कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले प्रतेक कृषक समूहका प्रतिनिधिलाई हाते ट्रयाक्टर हस्तान्तरण गरेका थिए ।
मध्यपहाडि बृहत्तर मकै उत्पादन, समुदायमा आधारित कृषि प्रसार र किसान कृषि प्रसार कार्यक्रम अन्तर्गत प्रतिगोटा ८० हजार मूल्य पर्ने सो हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा प्रतिगोटा ४० हजारमा कृषक समूह हरुलाई वितरण गरिएको हो ।
















प्रतिक्रिया