१०७ वर्ष अगाडि सहासिक ग्रीक महिला लिसी स्ट्राटाले फ्रेन्च यूद्धताका यूद्ध अन्यकालागि पुरुषका विरुद्ध थालेको सैनिक आन्दोलनबाट प्रारम्भ भएको यो दिवस नेपालमा विस २०४६ सालदेखि मनाउन थालिएको हो । नारी दिवस मनाई रहँदा नेपाली नारीहरुमा के कति परिवर्तन भयो भन्ने कुरा प्रमुख विषय हो । आज नारी दिवस मनाई रहँदा मलाई विगतको सम्झना आएको छ, म १४ वर्षको हुँदा प्यूठान जिल्ला पुजा गाविस वडा नं.७ मा सगरमाथा नारी यूवा समुह गठन गरेका थियौं म त्यो समुहको अध्यक्ष पदमा थिए ।
हामीले नारी दिवसको दिन बृहत सांस्कृतिक कार्यक्रम गरेर एकल महिला लाई रातो वस्त्र र अविर लगाई सम्मान गथ्र्यौ, एक वा दुई मात्र छोरी भई स्थायी बन्ध्याकरण गर्ने पुरुष, महिला र सामाजिक कार्यक्रमा क्रियाशिल महिलाहरुलाई सम्मान गरेको याद ताजा छ । महिला अधिकार र वेदनाका गीत, कविताहरु उतिकै रचिन्थ्यो । हामीलाई हौसला प्रदान गर्नेहरुको कमी थिएन त्यसैले होला आज ‘म’ नारी भएपनि नारी को हुन भन्ने बारेमा स्पस्ट कलम चलाउन सक्ने आंट आउछ । नारी दिवसको बारेमा केहि भएपनि बुझेका छौं, नारी दिवस भनेको के हो ? र, किन मनाइन्छ भन्ने थाहा नभएका तर पनि कार्यक्रमको रमाइलो हेर्न पुग्ने नारीहरुले के बझ्छ्न त ? मनमा डर र त्राससंगै बोकेर एकछिनको रमाइलोमा आफूलाई सामेल गराएर सबै दुःख बिर्सने ति नारिहरुलाई यो नारि दिवसले ३६४ दिन घर परिवार, श्रीमान्, छोराछोरीको स्याहार सुसार र घर धन्दाको कामले एकछिन पनि सास फेर्न फूर्सद नपाउने अनेक प्रकारका यातना भोग्ने ति नारीहरुका लागि यो दिवशमा गर्ने कार्यक्रमहरु र दिइने शिक्षा एक दिन मात्र हैन हरेक दिन हुनुपर्दछ ।
शब्दमा मात्र हैन व्यबहारमा पनि उतार्ने हो भने पक्कै पनि नारि दिवस नमनाए पनि नारिले सम्मान र समान अवसर पाउन सजिलै सक्छन् । महिलामाथि शारिरीक तथा मानसिक रुपमा दिइने पीडा प्रतिबन्ध लगायतका महिलामाथि आत्म सम्मानमा पुर्याइने सबै किसिमको ब्यवहार नै महिला हिंसा हो । समाज पितृ सतात्मक सोच, अन्ध विश्वास, पुरातन संकार एवं परम्परा विवेक पूर्ण कानून, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबीजस्ता नीति निर्माणको कार्यमा महिलाको कम प्रतिनिधित्वले गर्दा महिला हिंसा हुने गर्दछ ।
सधै एउटा कमजोर र गरिब महिला नै बोक्सी हुन्छे भन्ने समाजको घृणित नजर, तराईमा दाइजो पश्चिममा छाउपडी जस्ता कुपर्था अझैं हट्न सकेको छैन बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु तारे होटलमा बजेट सिध्याउनको लागि गरिन्छ तर गरिब र अशिक्षित समाजमा थोरै मात्रमा हुने गर्दछ, पहिलेको तुलनामा समाज धेरै परिवर्तन भैसकेको छ जस्तै शिक्षाको क्षेत्रमा हेर्ने हो भने पुरुषको तुलनामा महिलाहरु धेरै शिक्षित हुँदैछन भर्ना हुने बेलामा स्कूल कलेजमा पुरुष धेरै भए पनि अन्तिम नतिजा आउदासम्म महिलाको संख्या धेरै हुन्छ सरकारको प्रमुख तिन अंगमा नारिनै प्रमुख हुनुन्छ सामाजिक राजनैतिक क्षेत्रमा पनि नारीको प्रतिनिधित्व उतिकै देखिन्छ तर पनि कतिपय समाजमा नारि पहिलो भन्न चाहन्नन सभामुख ओनसरी घर्ती, प्रधानन्याधीश सुशीला कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महिला कोटाका आधारमा मात्रै उक्त पदमा पुगेको सामाजिक बुझाई छ तर, सामाजले घर्तीले युद्द लडेको, कार्कीले कानुन पढेको र भण्डारीले राजनीतिक त्यागलाई क्षमताले पदमा पुगेकालाई कोटाको उम्मेदवार जस्तो देख्नु महिलाको क्षमतालाई अवमुल्यान गर्नु हो ।
दाईजोको नाममा होस् या अन्तरजातीय विवाहले हुने महिलामाथि हत्या, अपहरण, बेचविखन कुटपीट दैनिक घरव्यवहारमा भेदभाव गर्नु, धर्म एवं संस्कारका नाममा अधिकारबाट बञ्चित गर्ने गराउने जस्ता कार्यहरुले नै महिला हिंसा हुने गरेको छ । नेपालको जनसंख्या र वैदेशिक रोजगारका आंकाडाहरु हेर्ने हो भने पनि नेपालमा महिला क्षमता र बाध्यता दुवै कारण नेतृत्वदायी अवस्थामा पुगेको देखिन्छ । महिलाहरु जबसम्म शैक्षिक र आर्थिक रुपमा सवल बन्न सक्दैनन् तबसम्म हरेक तहमा कोरम पुर्याउनका लागि मात्र प्रतिनिधित्व पाउने छन् तसर्थ महिलाहरु आर्थिक संबृद्धितर्फ जोडिन आवश्यक छ ।
महिला र पुरुष समान योग्यताका भए पनि रोजगारीका क्षेत्रमा पनि महिला असमानाता उत्तिकै छ, अझै भनौ भने सरकारी भन्दा निजि क्षेत्रका स्कुलहरु देश भरिमा करिब साढे दशहजार भन्दा बढि छन् जसमा करिब ५० हजार भन्दा बढि महिला शिक्षक छन् पुरुषका तुलनामा महिला बढि शिक्षाका भएपनि पारिश्रमिक दांज्ने हो भने पुरुषभन्दा महिलाको पारिश्रमिक एकदमै कम मात्रामा पाउंछन् । यस्ता प्रकारका व्यबहारहरु निजी क्षेत्रमा धेरै नै देखिन्छ । विवाह सस्कारका कुरा गर्ने हो भने समान अवस्थाका केटा केटि भएपनि केटि पक्षमाथि हुने ब्यबहार फरक हुने गर्दछ । समान हैसियत कि बेहुली दुलही बन्दाकै दिन दुलाहाको खुटा ढोग्ने, कलश लिएर वरिपरि घुम्ने दुलाहाको जुठो खाने जस्ता कुराबाट शुरुहुने भए पछि यसले पनि महिला र पुरुष विच समान व्यबहार देखाउंदैन । एउटा छोरी बुहारी बनीसके पछि उनले गर्ने विहान देखि सांझ सम्मको घरमा गरिनेकामको मूल्यांकन हंदैन अर्थात आर्थिक संग जोडिदैन यो पनि एक प्रकारको महिलामाथीको अवमूल्यांकन हो । महिलाहरु आफ्नो स्वतन्त्रताले जिवन साथि रोज्ने हिडने अधिकार अझै समाजले स्वीकार गर्न सकेको छैन । केटा मान्छ जहां हिडे पनि जे गरे पनि प्रश्न गर्ने काहि हुदैनन् तर केटि मान्छ लाई घर परिवारको बन्धन अझै असमानता छ । विवाहा उमेर र महिला माथिका सामाजिक प्रतिकृया महिना वारीमा गरिने सामाजिक विभेद जस्ता अनेकौं असमानताले महिलाहरुलाई अझै पनि कमजोर गराई रहेको छ ।
महिला पुरुष कामकाजी भएपनि पुरुषको तुलनामा महिला धरै सक्षम छन् ।घर भित्र र वाहिरको दोहोरो जिम्मेवारीमा रहेरपनि सफल छन् महिला त्यसैले पितृ सतात्मक सोच लाई परिवतर्न गर्नु आवश्क छ । १०७ औ नारि दिवश महिला सम्मानको आधार, सिपयूक्त हात र स्वरोजगार भन्ने यो नाराले पक्कै पनि महिलाहरुलाई सक्षम र ससक्त बनाउन मद्धत गर्ने छ । जसले सनं २०३० सम्मको अन्तर्राष्ट्रिय नारा बदलिंदो परिवेशमा कामकाजी महिला संन २०३० सम्म बराबरी पाईला पुरागर्न सफल हुने छ । समय कर्तव्य जिम्मेवारी सक्षम र विविध तत्य र पक्ष हरुका आधारमा नर र नारिलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्नको खाचो र भौतिका अभौतिक दुवै कारणले नर र नारी लाई समान रुपमा लिनु पर्दछ ।











प्रतिक्रिया