५ मंसिर २०८३, शनिबार

एक्शनमा उत्रियो प्रहरी, मधेसी मोर्चाका केन्द्रीय नेतासहित १३ कार्यकर्ता पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २४ फागुन । सप्तरी घटनापछि मधेसमा बन्दको आह्वान गरेको मधेसी मोर्चाविरुद्ध प्रहरी एक्शनमा उत्रिएको छ ।

प्रहरीले सिरहामा बजार बन्द गराउँदै हिँड्ने क्रममा प्रहरीले आज बिहान लहानका विभिन्न स्थानबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ कार्यकर्ता पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत छन् ।

सशस्त्र प्रहरीको चेक पोस्टमा आगजनी

यसैबीच मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदहस्थित सशस्त्र प्रहरीको चेक पोस्टमा आगजनी गरेका छन् । उक्त चेक पोस्टमा प्रहरी भने थिएनन् ।