
काठमाडौं, २४ फागुन । सप्तरी जिल्लामा सोमबार भएको घटना र आफ्नो नाम मुछिएको विषयमा स्पष्ट पार्न नेकपा (एमाले)ले आज पत्रकार सम्मेलनको कार्यक्रम राखेको छ ।
सप्तरी घटना र मेची महाकाली राष्ट्रिय अभियानका विषयमा जानकारी गराउन एमालेले आज आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेको हो ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा अपरान्ह ३ बजे विशेष पत्रकार सम्मेलन हुन लागेको छ ।
‘यही फागुन २१ गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार सप्तरीको राजविराजमा मधेसी मोर्चाका नाममा निम्त्याइएको अलोकतान्त्रिक, विध्वांसात्मक र दुःखद् घटना, त्यसपछि विकसित परिस्थिति र त्यसका बारेमा पार्टीको धारणा स्पष्ट गर्न विशेष पत्रकार सम्मेलन आयोजना गरिएको छ’, प्रचार विभाजका सचिव विष्णु रिजालद्वारा पठाइएको निमन्त्रणमा उल्लेख छ ।











प्रतिक्रिया