काठमाडौं, ७ असोज । उपचारका क्रममा सोमबार राती निधन हुनुभएकी एमालेले नेतृ साहना प्रधानको निधनप्रति पार्टीले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
निधनप्रति शोक व्यक्त गर्दै एमालले देशभरिका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
एमालेले प्रधानको शोकमा तीन दिनसम्म पार्टीका तर्फबाट कुनै पनि औपचारिक कार्यक्रम नगर्ने पनि बताएको छ ।
एमालेले असोज ११ गते ७५ जिल्लाका सबै पार्टी कार्यालयहरूमा श्रद्धाञ्जलिसभा गर्ने भएको छ ।
















प्रतिक्रिया