रौतहट, २३ फागुन । सप्तरी घटनाको विरोधमा आज बेलुका मोर्चाका नेताहरुले रौतहटको सदरमुकाम गौरको मधेशी क्रान्ति चौकमा टायर बालेर विरोध गरेका छन् ।
नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज सप्तरीको सदरमुकाममा ३ जनाको मृत्यु र १७ जना घाईते भएकोले मोर्चाका नेताहरुले ‘एमाले मुर्दावाद, केपी ओली मुर्दावाद, मधेशी माथीको दमन बन्द गर’ भन्ने नाराका साथ विरोध प्रदर्शन गरेका हुन् ।
यसैबीच एमाले प्रचार प्रसार विभाग प्रमुख तथा नेपाल शिक्षक संगठन रौतहट अध्यक्ष मनिशंकर निधीलाई आज आक्रोशित मोर्चाका युवा नेता श्यामविहारी यादव, प्रकाश भाई, ललन यादव, ओमप्रकाश साह, ध्रमेन्द्र यादव लगायतले प्रदर्शन गरिरहेका वेला निधी चिया पसलमा बसी मधेशीको विरोधी कुरा गरिरहेकाले मधेश विरोधी भन्दै कालो मोसो दलेका छन ।
फाल्गुन २६ गते हुन गइरहेको मेची महाकाली अभियान रौतहटको गरुडामा सफल हुन नदिने भन्दै यो रवैयाले नेकपा एमालेका कुनै नेता र कार्यकताहरुलाई प्रचार प्रसार समेत गर्न नदिने विरोधमा सहभागी मोर्चाका नेताहरुले बताएका छन ।
प्रदर्शन लगतै प्रहरी चौक चौकमा परिचालन गर्दा पनि प्रदर्शन जारी नै रहेको युवा नेता श्यामविहारी यादवले बताएका छन ।















प्रतिक्रिया