१ कार्तिक २०८३, आइतबार

मधेसी युवाको चुनौति- सक्छौ भने एमालेलाई देशबाटै लखेट, तर आतंक मच्चाएर होइन चुनावबाट

111.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । सप्तरीको राजविराजमा एक जना मारिएपछि तराईका एक जना सामाजिक अभियन्ताले चुनावका माध्यमबाट एमालेलाई देशबाटै लखेट्न मधेसवादी दललाई चुनौति दिएका छन् ।

सोमबार साँझ राजविराजमा एमालेको कार्यक्रम विथोल्दा प्रहरीको गोली लागेर सञ्जन मेहताको मृत्यु भएपछि पर्साको वीरगञ्ज घर भएका सामाजिक अभियन्ता रामप्रसाद शाहले मधेसवादी दलप्रति आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन्-

मधेश आन्दोलनमा ६० भन्दा बढी शहिद भएका परीवारहरुको अझै आँसु रोकिएको छैन । घाइतेहरु राम्रो उपचार नपाएर मरिरहेका छन् तर मसिहाहरु लाई न शहिद परिवारको चिन्ता छ न त् घाइतेहरुको, चिन्ता छ त मात्र आफ्नो स्वार्थको ।

एमालेलाई मधेशबाट मात्र हैन सक्छौ भने देशबाट नै लखेट तर यसरी आतंक मचाएर होइन, चुनावबाट । चुनाव लडेर आफ्नो शक्ति देखाऊ, अझै मधेशी बच्चाहरुलाई अनाथ र महिलाहरुलाई बिधवा नबनाऊ ।