५ मंसिर २०८३, शनिबार

मधेसी मोर्चाका नेता भन्छन्- माफी नमागेसम्म एमालेको प्रतिवाद गरिरहन्छौं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले एमालेले विगतमा गरेको गल्तीका कारण आज मधेशमा गल्ली–गल्लीमा विरोध भैरहेको स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कर्णले भने, ‘एमालेले विगतमा गम्भिर गल्ती गरेको थियो, उसले मधेशमा कालो दिवस मनाउँदै गर्दा कालो मान्छेले कालो दिवस मनाउनु नौलो कुरा होईन भनेर भन्यो, आन्दोलनमा मान्छे मर्दा चार वटा आँप खस्यो भनेर प्रतिक्रिया दिए, यो भनेको रंग भेदी काम हो ।’

उनले एमालेलाई मधेशमा अवरोध वा विरोध गर्नु भनेको आँफैले निम्त्याएको काल वा भविष्यको संज्ञा दिए । उनले प्रश्न गरे, ‘सप्तरीको अवस्था हेर्नुहुन्छ भनेर पुलिस प्रशासनको ब्यारेक बनाईएको छ, कार्यक्रम स्थल सारिएको छ ।’ उनले एमालेले मधेशमा जानुभन्दा पहिले माफी माँग्नुपर्ने थियो भन्दै भने, ‘मान्छेबाट गल्ती हुन्छ, तर गल्ती सच्याउनुपर्छ नि ।’