३ कार्तिक २०८३, मंगलबार

घोराहीको खानेपानीका लागि बजेट दिन्छौँ : मन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले घोराहीनगर नगरपालिकाको खानेपानी व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउन आफू सकारात्मक रहेको बताएका छन् ।

दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले घोराहीनगर नगरपालिकाको खानेपानीलाई व्यवस्थित बनाउन खानेपानीमन्त्री सिंहसँग सोमबार सिंहदरबारस्थित कार्यकक्षमा भेट गरेर तीन वटा योजनाका लागि रकम माग गरेको हो । रकम माग गरेपछि मन्त्री सिंहले बजेट उपलब्ध गराउने आश्वासन दिएको दाङ क्षेत्र नम्बर ३ का सांसद राजु खनालले जानकारी दिए ।

मन्त्री सिंहसँगको भेटका लागि सांसद खनालका साथै घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसी, ध्रुब केसीसहितको टोली सिंहदरबार पुगेको थियो ।

संस्थाले हाइड्याम निर्माण, तुलसीपुर चोकदेखि रतनपुर चोकसम्म खानेपानी पाइप विस्तार र परीक्षणका लागि एउटा ट्यूबेल निर्माणका लागि खानेपानी मन्त्रालयसँग रकम माग गरेको छ ।

‘घोराहीको खानेपानीको स्रोत कटुवा खोलाको मुहानलाई समयमा सुरक्षित गर्न र जलासय निर्माण गरी कटुवा खोलाको मुहानकै वरिपरी हाइड्याम निर्माण कार्यका लागि लागत स्टिमेट आह्वान भएको छ’, संस्थाका अध्यक्ष देवीबहादुर डिसीले भने, ‘सम्भाव्य अध्ययन छिटोछरितो रुपमा अगाडि बढाइदिन खानेपानी मन्त्रालयसँग आग्रह गरिएको छ ।’

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सडक डिभिजन कार्यालय दाङले घोराहीको तुलसीपुर चोकदेखि रतनपुर चोकसम्म चार लाइन सडक विस्तार गर्ने कार्यले खानेपानीका पाइप अस्तव्यस्त भइ पानी सञ्चालन अव्यवस्थित र अवरोध भएको भन्दै पाइप लाइन विस्तारका लागि मन्त्रालयसँग रकम माग गरेको छ । संस्थाले सत्तरी लाख दुई हजार तीय सय चालीस पैसा माग गरेको अध्यक्ष डिसीले बताए ।

संस्थाले तेस्रो साना शहरी खानेपानी आयोजना अन्तरगत खानेपानी निर्माण व्यवस्थापन तथा सञ्चालन अन्तरगत नयाँ कार्य निर्माण व्यवसायीबाट भैरहेको भन्दै जिल्लामा आजसम्म जति ट्यूबेल निर्माण भए ती सबै बढीमा १ सय ५० मिटर मात्र गहिराइमा रहेका र त्यसबाट बाढीमा ५ देखि ७ एल.पी.एस पानी आउने एउटा ट्यूबेल कम्तिमा २ सय ५० देखि ३ सय मिटरसम्म गहिराइमा परीक्षणका लागि बजेट माग गरेको छ । सो कार्यका लागि अधिकतम ५० लाखसम्म खर्च हुने अध्यक्ष डिसीले बताए ।