१ कार्तिक २०८३, आइतबार

फेसबुकमा महिलालाई साथी बनाउँदै ठगी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डुम्रे (तनहुँ) २३ फागुन । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा पक्राउ परेका थिए । पक्राउ परेका पाटामगरले आफू सम्पन्न परिवारको सदस्य भएको भन्दै फेसबुकमार्फत साथी बनाउँदै महिलालाई ठग्दै आएका थिए ।

प्रहरी उपरीक्षक जोशीका अनुसार सीता गुरुङबाट दुई तोला ५० ग्रामको सुनको सिक्रीसहितको लकेट, देवी मगरबाट एक तोला ५० ग्रामको सुनको सिक्री र जमुना गुरुङको एक तोला ७५ ग्रामको सुनको सिक्री ठगी गरेका थिए । फेसबुकमार्फत ठगी धन्दा गरेका पाटामगरले आफ्ना बाबु बेलायतको लाहुरे भएको, पोखरा रामबजारमा घर भएको, काठमाडौं चल्ने दुईवटा माइक्रो बस भएको भन्दै महिलालाई झुट्टा विवरण दिई फसाउने गरेको बुझिएको छ । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस