न्यूयोर्क, असोज ७ । प्रधानमन्त्री सुशील कोइरालाको पूर्व निर्धारित कार्यक्रम अनुसार मेमोरियल स्लोन केटरिड. क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण सम्पन्न भएको उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले विज्ञप्ति जारी गरेर जानकारी गराउनुभएको छ ।
जानकारी अनुसार प्रधानमन्त्री कोइरालाको फोक्सोमा देखिएको सेतो दाग रेडियो थेरापी उपचारपछि हटेको छ ।
मेमोरियल स्लोन क्यान्सर अस्पतालमा डा. मञ्जित बैन्सले प्रधानमन्त्रीको रगत परीक्षण , सीइसीटी, चेस्ट र पीइटी (पेट) स्क्यान गराउनु भएको थियो ।
सबै परीक्षण रिपोर्टहरुको विश्लेषणपछि प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्राडा करवीरनाथ योगी र डा. बैन्सले उहाँ क्यान्सर रोगबाट मुक्त हुनुभएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री कोइरालाको करिब तीन महिनाअघि सोही अस्पतालमा फोक्सोको क्यान्सरका लागि रेडियोथेरापी गरिएको थियो।















प्रतिक्रिया